काठमाडौँ, ११ कार्तिक । आज २०८२ साल कात्तिक ११ गते मंगलबार। कात्तिक शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन् २०२५ अक्टोबर २८ तारिख। आजको फलादेशः
मेष : दिन राम्रो छ । व्यापारमा फाइदा हुनेछ। खर्च कटौती गर्नुपर्ने दिन छ। शिक्षामा गहिरो अध्ययनको खाँचो छ। नयाँ कुराको सुरुवात गर्ने दिन छ।
वृष : दिन सामान्य छ। ठुलो लगानी नगर्नु उचित हुनेछ। गलत कामले पश्चाताप हुनेछ। परिवारको सल्लाह लिएर अगाडि बढ्नु राम्रो हुनेछ। प्रेम सम्बन्ध भने सुमधुर बन्नेछ।
मिथुन : तपाईंका लागि आजको दिन धेरै राम्रो छ । बोलीको प्रभावले महत्त्वपूर्ण काम बन्नेछ। स्वास्थ्यमा सुधारका संकेत देखिने छन्। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। शिक्षामा गरेको लगानीबाट नाफा हुनेछ।
कर्कट : दिन राम्रो छ। काममा सफलता प्राप्त हुनेछ। शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ। परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ। आफन्तबाट भने धोका हुने भएकाले सचेत बन्नुपर्नेछ।
सिंह : दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ । स्वास्थ्यमा सुधारका संकेत देखिनेछन्। राज्यको तर्फबाट भय र त्रास बढ्ने जोखिम छ। परिवारको सहयोग लिएर अगाडि बढ्दा राम्रो हुनेछ।
कन्या : दिन राम्रो छ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। लगानी गरेको भए फाइदा हुनेछ। साना कुराले मनमा अशान्ति फैलने छ। परिवारमा मेलमिलाप हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।
तुला : दिन राम्रो छ। परिवारको साथमा बसेर रमाइलो गर्ने अवसर मिल्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुने योग छ। राज्यको तर्फबाट सम्मान प्राप्त हुनेछ।
वृश्चिक : दिन राम्रो छ। सम्पत्तिको सदुपयोग गर्न जानेमा फाइदा हुनेछ । प्राविधिक शिक्षा र व्यापारमा गरेको प्रयास सफल बन्नेछ। दैनिक काममा भने ढिलासुस्ती हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
धनु : दिन राम्रो छ । विपक्षी साथीले प्रशंसा गर्नेछन्। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। प्रेममा सफलता मिल्ने योग छ ।
मकर : दिन सामान्य राम्रो छ। विपक्षी सक्रिय रहेकाले काम गर्दा सचेत बन्नुपर्ने देखिन्छ । शिक्षाको क्षेत्रमा मिहिनेत गर्नुपर्ने छ। राज्यको तर्फबाट अवसर प्राप्त हुने छ।
कुम्भ : दिन सामान्य छ। सञ्चित धन खर्च हुने छ। भएको सम्पत्ति जोगाउनु उचित हुनेछ। धार्मिक व्यक्तिसँगको भेटले मनमा शान्ति मिल्नेछ। परिवारसँगको सम्बन्ध सहज बन्नेछ।
मीन : तपाईंका लागि दिन सामान्य छ। साना कुराले स्वास्थ्यमा समस्या हुनेछ। सहकर्मीबाट असहयोग हुने जोखिम छ। अग्रजको सुझाव लिएर गरेको काम सफल बन्नेछ । प्रेम सम्बन्ध भने सुमधुर बन्नेछ ।






