दार्चुला, १० कार्तिक । दार्चुलामा जिपको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
आइतबार दिउँसो १२ बजे महाकाली नगरपालिका–४ बांगाबगरका ७० वर्षीय मिलन लुहारको सोही ठाउँमा भएको दुर्घटनामा मृत्यु भएको हो ।
ब्यास गाउँपालिका–३ सिना बस्ने ३८ वर्षीय कल्याण सिंह धामीले चलाएको सुदूरपश्चिम प्रदेश ०४–०१ ज ००१७ नम्बरको बोलेरो जिप ब्याक गर्ने क्रममा लुहारलाई ठक्कर दिँदा उनी घाइते भएका थिए । उनको धनगढीको माया मेट्रो अस्पतालमा लैजान रेफर गरिएको थियो । गोकुलेश्वर पुगेपछि घाइते लुहारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।





