धनगढी, १० कार्तिक । कैलालीको जोशीपुर गाउँपालिका–३ मा एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकी छिन् ।
घरायसी विवादका क्रममा ३५ वर्षीया सुनितादेवी कठरियाले ५० वर्षीय श्रीमान् लखनलाल कठरियाको हथौडा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
शनिबार राति करिब ११ बजेतिर विवाद हुँदा सुनिताले श्रीमानमाथि हथौडाले प्रहार गरेकी थिइन् । गम्भीर घाइते भएका लखनलाललाई उपचारका लागि टीकापुर अस्पताल लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
प्रारम्भिक अनुसन्धानबाट हथौडा प्रहारबाटै मृत्यु भएको खुलेको प्रहरीले जनाएको छ । घटनामा प्रयोग भएको हथौडा प्रहरीले बरामद गरेको छ ।






