काठमाडौँ, १० कार्तिक । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले छठ पर्वले सामाजिक, सांस्कृतिक सद्भाव र राष्ट्रिय एकता मजबुत बनाउन विशिष्ट भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।
छठ पर्व २०८२ को अवसरमा आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवं दीर्घायुको शुभकामना व्यक्त गर्दै उनले सो विश्वास व्यक्त गरेका हुन् । विविधताभित्रको एकता नै नेपाली हुनुको पहिचान भएको उनको भनाइ छ ।
उनले भनेका छन्, ‘हाम्रो देश बहुधार्मिक, बहुभाषिक, बहुसांस्कृतिक र बहुजातीय विशेषतायुक्त राष्ट्र हो, संविधानले नै विविध जाति, धर्म, संस्कृति र समुदायलाई समान अधिकार दिएको छ, विभिन्न जाति, धर्म र समुदायका मौलिक संस्कृति अनुसारका चाडपर्वहरूले हाम्रो विविधतालाई प्रतिबिम्बित गरेका छन् ।’





