ट्राफिक सचेतना कक्षा पुनः सञ्चालन हुँदै

काठमाडौँ, ९ कार्तिक । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले कात्तिक ११ गतेदेखि ट्राफिक सचेतना कक्षा पुनः सञ्चालन गर्ने भएको छ ।

उपत्यकामा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने, तीव्र गतिमा सवारी गुडाउने, रातो बत्ती तथा सडक लेन उल्लङ्घन गरी कारबाहीमा परेका चालकहरूलाई लक्षित गरी ट्राफिक प्रहरी कार्यालय, रामशाहपथमा भौतिक रूपमा यो सचेतना कक्षा सञ्चालन गर्न लागिएको हो ।

सार्वजनिक बिदाको दिनबाहेक अन्य दिनहरूमा निम्न समय तालिकाअनुसार कक्षा सञ्चालन हुनेछन् : 

  • ०९:०० देखि १०:०० बजेसम्म
  • १०:३० देखि ११:३० बजेसम्म
  • १२:०० देखि १३:०० बजेसम्म
  • १३:३० देखि १४:३० बजेसम्म
  • १५:०० देखि १६:०० बजेसम्म

शुक्रबारको लागि विशेष समय: शुक्रबार भने १४:३० बजेसम्म मात्र कक्षा सञ्चालन हुनेछ । यसका साथै, कार्यालय समयमा उपस्थित हुन असहज हुने सेवाग्राहीहरूको सहजताका लागि अन्य सार्वजनिक बिदाको दिनबाहेक प्रत्येक शनिबार पनि कक्षा सञ्चालन हुनेछ । 

शनिबार बिहान १०:०० बजेदेखि १२:०० बजेसम्म दुईवटा कक्षा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथमा सञ्चालन हुने जानकारी गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

झापा, ११ कार्तिक । झापाको शिवसताक्षी नगरपालिका–१० स्थित माईधार चोक नजिकै आज बिहान रात्रिबस दुर्घटना हुँदा १९ जना यात्रु घाइते

काठमाडौँ, ११ कार्तिक । छठपर्व आज समापन गरिएको छ । शनिबारदेखि सुरु भएको छठपर्व आज बिहानै उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि समापन

काठमाडौँ, ११ कार्तिक । आज २०८२ साल कात्तिक ११ गते मंगलबार। कात्तिक शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन् २०२५ अक्टोबर २८

दार्चुला, १० कार्तिक । दार्चुलामा जिपको ठक्करबाट एक जनाको मृत्यु भएको छ । आइतबार दिउँसो १२ बजे महाकाली नगरपालिका–४ बांगाबगरका