‘जेरी अन टप’ क्यानडा पनि रिलिज हुने

काठमाडौँ, ९ कार्तिक । नेपालमा ३१ असोजबाट प्रदर्शनमा आएको फिल्म ‘जेरी अन टप’ अब क्यानडामा पनि लाग्ने भएको छ ।

फिल्मको क्यानडा प्रदर्शन प्रचार नेपाल प्रालिले गर्न लागेको हो । केही समयदेखि क्यानडामा नेपाली फिल्म र विभिन्न इभेन्ट आयोजना गर्दै आएको प्रचार नेपाल प्रालिका सञ्चालक आशिष पुरी र फिल्मका निर्माता विवेक थापाले फिल्म प्रदर्शन विषयमा सम्झौता गरेका छन् । दर्शकको मागबमोजिम क्यानडाको फिल्म वितरण अधिकार किनिएको प्रचार नेपालका पुरीले बताए । उनले क्यानडामा बुकिङ खुला भइसकेको जानकारी दिए ।

प्रचार नेपालले नोभेम्बर १ बाट क्यानडाका मुख्य मुख्य सहरमा ‘जेरी अन टप’ प्रदर्शन हुने बताए । 

फिल्ममा अनमोल केसी, जसिता गुरुङ, आँचल शर्मालगायतको अभिनय छ । फिल्मले ६ करोड बढी आम्दानी गरिसकेको प्रस्तुतकर्ता सरोज न्यौपाने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

दाङ, १० कार्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले छठ पर्वले सामाजिक एकता, समानता र सद्भाव सुदृढ बनाउन महत्वपूर्ण भूमिका

काठमाडौँ, १० कार्तिक । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले छठ पर्वले सामाजिक, सांस्कृतिक सद्भाव र राष्ट्रिय एकता मजबुत बनाउन विशिष्ट भूमिका

काठमाडौँ, १० कार्तिक । सभामुख देवराज घिमिरेले जेनजी आन्दोलनपछि मुलुकमा देखिएको असहज अवस्थालाई जतिसक्दो चाँडो शान्ति र स्थायित्वमा रूपान्तरण गर्नुपर्ने

काठमाडौँ, १० कार्तिक । नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले परिवर्तन पक्षधर शक्तिहरू बिच आपसी सम्मान, सामाजिक सद्भाव