काठमाडाैँ, ९ कार्तिक । पोखरामा अहिले आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लागेको छ ।
दसैँतिहारको लामो बिदा, खुला हिमाल र अनुकूल मौसमले गर्दा पोखराका होटेल, रेस्टुरेन्ट र अरू पर्यटकीय गतिविधिमा उत्साहजनक चहलपहल देखिएको हो ।
यसले पर्यटन व्यवसायीलाई उत्साहित बनाएको छ । पछिल्लो समय आन्दोलन र प्रतिकूल मौसमले पोखराको पर्यटन खस्केको थियो । तर, मौसममा सुधार र लामो बिदाका कारण पुनर्जीवित भएको छ ।
पोखरा हुँदै आसपासका पर्यटकीय गन्तव्यमा अन्नपूर्ण पदयात्रादेखि मुस्ताङसम्मको यात्रामा निस्केका आन्तरिक तथा केही बाह्य पर्यटकको आगमनले उत्साह थपेको छ ।
पोखरामा करिब एक हजार २०० पर्यटकीयस्तरका होटेल सञ्चालनमा छन् । त्यसमा ७०० वटा लेकसाइड र ड्यामसाइड क्षेत्रमा केन्द्रित छन् । एक रातमा करिब ४० हजार पाहुना समायोजन गर्न सक्ने क्षमता पोखराका होटेलमा छ । हाल पोखरामा एउटा फाइभस्टार, ६ फोरस्टार र करिब ३० थ्री, टु र वानस्टार लक्जरी होटेल सञ्चालनमा छन् ।
आन्तरिक पर्यटकमा पदयात्राप्रति पनि उत्साह देखिएको छ । पोखरा पदयात्रा (ट्रेकिङ)का निम्ति एक महत्त्वपूर्ण प्रवेशद्वार हो






