काठमाडाैँ, ९ कार्तिक । मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिकमा अलैँची निर्यात ३३ प्रतिशतले बढेको छ ।
उक्त अवधिमा एक अर्ब ६७ करोड ९१ लाख ७५ हजार रुपैयाँबराबरको अलैँची निर्यात भएको कार्यालयले जनाएको छ ।
मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंका अनुसार तीन महिनामा एक हजार ७२ मेट्रिक टन अलैँची निर्यात भएको छ ।
कार्यालयको तथ्यांकानुसार, चालु आवको तीन महिनामा चियाको निर्यात ४०.९० प्रतिशतले घटेको छ ।






