जेनजी आन्दोलनको बहानामा चलखेल भयो : आईजीपी खापुङ

काठमाडौँ, ८ कार्तिक । प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङले जेनजी आन्दोलनको बहानामा अपराधिक गतिविधि गर्नेहरू दण्डित हुने बताएका छन्।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आन्दोलनको परिस्थितिमा समाजलाई धमिल्याउन खोज्ने अपराधिक प्रवृत्तिहरूको चलखेल भएको देखिएको र त्यस्ता कार्य गर्नेलाई कारबाही हुने स्पष्ट पारेका हुन् ।

आईजीपी खापुङले भने, ‘जेनजी आन्दोलनको बहानामा, त्यही परिस्थितिमा समाजलाई धमिल्याउन खोज्ने अपराधिक प्रवृत्तिहरूको पनि चलखेल भएको देखिएको छ । त्यो वास्तवमा गलत हो र त्यो अपराधिक कार्य नै हो। त्यस्ता अपराधिक कार्यहरू दण्डित हुनुपर्छ  । उनीहरू क्रमशः दण्डित हुन्छन् भन्ने कुरा यहाँहरू सबै समक्ष आश्वस्त पनि बनाउन चाहन्छु।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

झापा, ११ कार्तिक । झापाको शिवसताक्षी नगरपालिका–१० स्थित माईधार चोक नजिकै आज बिहान रात्रिबस दुर्घटना हुँदा १९ जना यात्रु घाइते

काठमाडौँ, ११ कार्तिक । हाल देशमा पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले

काठमाडौँ, ११ कार्तिक । आज २०८२ साल कात्तिक ११ गते मंगलबार। कात्तिक शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन् २०२५ अक्टोबर २८

दार्चुला, १० कार्तिक । दार्चुलामा जिपको ठक्करबाट एक जनाको मृत्यु भएको छ । आइतबार दिउँसो १२ बजे महाकाली नगरपालिका–४ बांगाबगरका