सर्पको टोकाइबाट बालकको मृत्यु

झापा, ८ कार्तिक । सर्पको डसाइबाट झापाको शिवसताक्षीमा एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका–७ लालपानी बस्ने मनकुमार तामाङका पाँच वर्षीय छोरा सक्षम तामाङ रहेका छन् । शुक्रबार साँझ ५ः ०० बजेतिर नेपाली सेनाको सर्पदंश केन्द्र चारआलीतर्फ लैजाने क्रममा ती बालकको बाटोमा नै मृत्यु भएको थियो ।

घर नजिकैको बाँसको झ्याङ नजिक खेलिरहेको अवस्थामा उनको बायाँ खुट्टामा विषालु गोमन सर्पले टोकेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

झापा, ११ कार्तिक । झापाको शिवसताक्षी नगरपालिका–१० स्थित माईधार चोक नजिकै आज बिहान रात्रिबस दुर्घटना हुँदा १९ जना यात्रु घाइते

काठमाडौँ, ११ कार्तिक । छठपर्व आज समापन गरिएको छ । शनिबारदेखि सुरु भएको छठपर्व आज बिहानै उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि समापन

काठमाडौँ, ११ कार्तिक । आज २०८२ साल कात्तिक ११ गते मंगलबार। कात्तिक शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन् २०२५ अक्टोबर २८

दार्चुला, १० कार्तिक । दार्चुलामा जिपको ठक्करबाट एक जनाको मृत्यु भएको छ । आइतबार दिउँसो १२ बजे महाकाली नगरपालिका–४ बांगाबगरका