थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको निधन

बैङ्कक, ८ कार्तिक । थाइल्यान्डका राजा वजिरालोङ्कोर्नकी आमा महारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन भएको छ ।थाइल्यान्डको शाही राजदरबार ब्युरोका अनुसार शुक्रबार स्थानीय समयअनुसार राति ९:२१ बजे बैङ्ककस्थित एक अस्पतालमा उनको निधन भएको हो ।

राजदरबारले सन् २०१९ देखि अस्पतालमा रहेकी सिरिकितलाई यो महिना रगत संक्रमणसहित धेरै रोगहरूले सताएको जनाएको छ । महारानी सिरिकितले ६ दशकभन्दा बढी समयसम्म थाइल्यान्डका सबैभन्दा लामो समयसम्म शासन गर्ने राजा भूमिबोल अदुल्यादेजसँग विवाह गरेकी थिइन्, जसको निधन सन् २०१६ मा भएको थियो ।

राजा वजिरालोङ्कोर्नले शाही राजदरबार ब्युरोलाई राजकीय अन्त्येष्टि आयोजना गर्न आदेश दिएका छन् । दरबारका अनुसार महारानी सिरिकितको पार्थिव शरीरलाई बैङ्ककको ग्रान्ड प्यालेसको दुसित थोर्न हलमा राखिनेछ । थाइल्यान्डको शाही परिवारका सदस्यहरूले एक वर्षसम्म शोक मनाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ असोज । चितवनमा ट्याक्टर र जीप ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते छन् । प्रहरीका

काठमाडौँ, १९ असोज । सर्लाहीको कबिलासी नगरपालिका–३ मदनपुरमा मोटरसाइकल दुर्घटनामा परेका एक युवकको साथबाट प्रहरीले सिक्सर पेस्तोल बरामद गरेको छ ।

काठमाडौँ, १९ असोज । कालीमाटी तरकारी बजारमा भित्रिएको काँक्रोमा अत्यधिक मात्रामा विषादी भेटिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास

काठमाडौँ, १९ असोज । इन्टरनेट सेवा प्रदायकहरूले आजदेखि सस्तो र कम स्पीडका प्याकेज बन्द गरेको छ । इन्टरनेट सर्भिस प्रोभाइडर