तनहुँ, ७ कार्तिक । कौडा खेलिरहेका पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ ।
श्रेष्ठको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा बिहीबार राति उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ । पक्राउ पर्नेमा भानु नगरपालिका–४, सेपाबगैँचाका ८० वर्षीय विष्णुमान श्रेष्ठसहितका व्यक्तिहरू छन् ।
नगद २५ हजार १४५ रुपैयाँ र कौडा १६ थानसहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।





