नवलपरासी पूर्व, ७ कार्तिक । विनयी त्रिवेणी गाउँपालिकाको एक गाउँमा देउसीभैलोमा झगडा र कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ ।
विनयी त्रिवेणी वडा नम्बर ४ को गोग्दीमा भाइटीकाका दिन झगडापछि स्थानीयले कुटपिट गर्दा ४४ वर्षका सन्तबहादुर ठाडाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
कुटपिटमा संलग्न भएको आरोपमा प्रहरीले रिंकु गुरुङ, एक नाबालक र धरन पाइजालाई शुक्रबार पक्राउ गरेको जनाएको छ ।





