आजको मौसम

काठमाडौँ, ६ कार्तिक । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका अधिकांश भागमा मौसम सफा रहनेछ ।

महाशाखाका अनुसार हाल कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसअनुसार बिहीबार दिउँसो सबै प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहँदै बाँकी भू–भागमा मुख्यतया सफा मौसम रहनेछ। पहाडी र हिमाली क्षेत्रका एक–दुई स्थानमा भने हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।

आज राति पनि अधिकांश भू–भागमा आंशिकदेखि सफा मौसम रहने पूर्वानुमान गरिएको छ। कोशी र गण्डकी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा मात्र हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले जेन्जी आन्दोलनमा लुटपाट, आगजनी र विध्वंसमा संलग्न आपराधिक जथ्थाको विरोध

जनकपुरधाम, ११ कार्तिक  । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभाको निर्वाचन तोकिएकै मितिमा हुने बताएका छन् । उनले जनकपुरधामस्थित गङ्गा सागर पोखरीको

काठमाडौँ, ११ कार्तिक । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । Fixed by Nepal Rastra Bank

अर्घाखाँची, १० कार्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जेन–जी आन्दोलनको नाममा भएको घुसपैठ, तोडफोड र आगजनीका घटनामा संलग्न व्यक्तिहरूलाई