आजको राशिफल

काठमाडौँ, ६ कार्तिक । आज २०८२ साल कात्तिक ६ गते बिहीबार । कात्तिक शुक्ल पक्षको द्वितीया तिथि । तदनुसार सन् २०२५ अक्टोबर २३ तारिख। आज तिहारको प्रमुख दिन भाइटीका । आजको फलादेशः

मेष : दिन राम्रो छ। गुम्न लागेको धन प्राप्त हुनेछ। स्वास्थ्यमा सुधारका संकेत देखिने छन्। शिक्षामा प्रगति हुनेछ। परिवारले साथ दिनेछन्। राजनीति नगर्नु उचित हुन्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृष : दिन सामान्य राम्रो छ। खाइरहेको सुविधा नै कटौती हुने जोखिम छ। शिक्षामा गरेको लगानीबाट आंशिक लाभ हुनेछ। परिवारलाई विश्वास गर्ने बानीले धोका हुनेछ। लगानीका क्षेत्र सबल छन्। व्यवहार गर्दा सचेत भएर अगाडि बढ्नु उचित हुन्छ।

मिथुन : दिन राम्रो छ। गुम्न लागेको धन प्राप्त हुनेछ। स्वास्थ्यमा सुधारका संकेत देखिने छन्। शिक्षामा प्रगति हुनेछ। परिवारले साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : दिन सामान्य छ। बोलीका कारण अप्ठेरो परिस्थितिको सामना गर्नुपर्ने हुनसक्छ। ऋण बढ्नेछ। राजनीतिक क्षेत्रमा धोका दिने साथी सक्रिय छन्। धार्मिक कार्यमा सहभागी भएमा दिन सहजै बित्नेछ। परिवारको साथ र सहयोगमा अगाडि बढ्ने दिन छ।

सिंह : दिन राम्रो छ। सहयोगीको साथ मिल्नेछ। व्यापारमा गरेको लगानीबाट नाफा हुनेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। राजनीतिक क्षेत्रमा सक्रिय नहुनु उचित हुन्छ। सामाजिक क्षेत्रमा इज्जत गुम्ने खतरा छ।

कन्या : दिन राम्रो छ। कृषि सम्बन्धी व्यापारबाट राम्रो आम्दानी हुनेछ। शिक्षा र स्वास्थ्यमा सुधार हुनेछ। सामाजिक क्षेत्रमा तपाईंको बढुवा हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। अरुले विवाद गर्दा तपाईंलाई फाइदा हुनेछ।

तुला : दिन राम्रो छ। धनलक्ष्मी योग परेको छ। राम्रो योजना बन्नेछ। समाजमा तपाईंको नामको चर्चा हुनेछ। घरभन्दा बाहिरका व्यक्तिले तपाईंको प्रशंसा गर्नेछन्। पुराना साथीको साथ मिल्नेछ।

वृश्चिक : दिन सामान्य राम्रो छ। अन्त्य साढेसातीको प्रभावले मन अशान्त बने पनि सामाजिक क्षेत्रमा तपाईंको प्रशंसा हुनेछ। राजनीतिक क्षेत्रमा प्रगति हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ।

धनु : दिन राम्रो छ। स्वास्थ्यमा सुधारका संकेत प्राप्त हुनेछन्। शिक्षामा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। राजनीतिक क्षेत्रमा बढुवा हुनेछ। समाजमा तपाईंको मान बढ्ने योग छ। परिवारमा सम्मान प्राप्त हुनेछ।

मकर : दिन राम्रो छ। ठुलो लगानी गर्ने भए हिम्मत गर्ने समय आएको छ। विपक्षीको मन जित्न नसक्दा विवाद बढ्नेछ। सामाजिक र आर्थिक क्षेत्रमा राम्रो कामको सुरुवात हुनेछ। छिमेकीसँगको भेटमा मन शान्त बन्नेछ। विपक्षीको साथ मिल्नेछ।

कुम्भ : दिन राम्रो छ। उच्च स्थानमा चन्द्रमा पुगेकाले दिन सहज बन्नेछ। स्वास्थ्यमा सुधारका संकेत देखिने छन्। श्रमको मूल्य प्राप्त हुनेछ। सहकर्मीको साथ मिल्नेछ। परिवारको साथ र सहयोग मिल्नेछ।

मीन : दिन राम्रो छ। शिक्षामा गरेको लगानीबाट उत्साह थपिने छ। विपक्षी साथीको साथ मिल्नेछ। परिवारको साथ र सहयोग मिल्नेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुन्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले जेन्जी आन्दोलनमा लुटपाट, आगजनी र विध्वंसमा संलग्न आपराधिक जथ्थाको विरोध

जनकपुरधाम, ११ कार्तिक  । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभाको निर्वाचन तोकिएकै मितिमा हुने बताएका छन् । उनले जनकपुरधामस्थित गङ्गा सागर पोखरीको

काठमाडौँ, ११ कार्तिक । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । Fixed by Nepal Rastra Bank

अर्घाखाँची, १० कार्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जेन–जी आन्दोलनको नाममा भएको घुसपैठ, तोडफोड र आगजनीका घटनामा संलग्न व्यक्तिहरूलाई