मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

चितवन, ५ कार्तिक । चितवनमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

खैरहनी नगरपालिका-२ जनजोन टोलस्थित भित्रि सडकमा मंगलबार राति करिब साढे १२ बजे बागमती प्रदेश ०३-००५ प ४३०२ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो ।

प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका चालकको उपचारका क्रममा भरतपुर सरकारी अस्पतालमा मृत्यु भएको हो । अन्दाजी २२/२३ वर्ष देखि युवाको नाम थर र वतन नखुलेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले जेन्जी आन्दोलनमा लुटपाट, आगजनी र विध्वंसमा संलग्न आपराधिक जथ्थाको विरोध

जनकपुरधाम, ११ कार्तिक  । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभाको निर्वाचन तोकिएकै मितिमा हुने बताएका छन् । उनले जनकपुरधामस्थित गङ्गा सागर पोखरीको

काठमाडौँ, ११ कार्तिक । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । Fixed by Nepal Rastra Bank

अर्घाखाँची, १० कार्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जेन–जी आन्दोलनको नाममा भएको घुसपैठ, तोडफोड र आगजनीका घटनामा संलग्न व्यक्तिहरूलाई