काठमाडौँ, ४ कार्तिक । विराज भट्टको ’१२ गाउँ’ ओटीटी प्लेटफर्म ’सिनेमाघर’मा रिलिज भएको छ ।
२०८१ सालको व्यवसायिक हिट फिल्म ‘१२ गाउँ’ ओटीटी प्लाटफर्ममा रिलिज भएको हो । तिहार अवसरमा नेपाली ओटीटी ‘सिनेमाघर’ले फिल्म दर्शकमाझ ल्याएको हो । लक्ष्मीपूजाको अवसरमा सोमबार बेलुका फिल्म रिलिज भएको हो ।
दर्शकले २९९ रुपैयाँमा विश्वभरबाट प्लाटफर्ममा फिल्म हेर्न सक्नेछन् । गुगल प्ले स्टोर, एप स्टोर, एन्ड्रोइड टिभी, अमेजन फायर टिभी, सामसुङ स्मार्ट टिभी, एलजी वेबओएस लगायतमा सिनेमा घर एप डाउनलोड गरी तथा क्रोमकास्ट गरेर पनि सहजै हेर्न सकिन्छ ।
वेब ब्राउजरमार्फत कम्प्युटरमा पनि यो फिल्म हेर्न सकिने सुविधा रहेको प्रेषित विवरणमा उल्लेख छ ।
विराज भट्ट निर्देशित फिल्ममा समीर भट्ट, न्यान्सी खड्का, सनिशा भट्टराई, दीया मास्के, अर्जुनजंग शाही, कनिज कोइराला लगायतको अभिनय छ ।






