इजरायलले गाजामा युद्धविराम र सहायता पुनः शुरू गर्ने

एजेन्सी, ३ कार्तिक । इजरायली सेना (आईडीएफ) ले गाजामा युद्धविराम र सहायता पुनः शुरू गर्ने बताएको छ । आईडीएफले हमासले युद्धविराम सम्झौता उल्लङ्घन गरेको आरोप लगाउँदै गाजामा हवाई आक्रमण गरेको थियो ।

आईडीएफले रफाहमा रहेका आफ्ना सैनिकहरूलाई ‘आतङ्ककारीहरू’ ले आक्रमण गरेको, ट्याङ्क विरोधी मिसाइल प्रहार गरेको र गोली चलाएको बताएको छ । आक्रमणमा दुई सैनिकको ज्यान गएको छ ।

यसैबीच हमासले इजरायल नियन्त्रित क्षेत्रमा झडपका बारेमा कुनै जानकारी नभएको बताएको बीबीसीले जनाएकाे छ । आफूहरू युद्धविरामप्रति प्रतिबद्ध रहेको हमासकाे भनाइ छ ।

हिजो बेलुका इजरायली सेनाले गाजाभरि हमासको लक्ष्यमा आक्रमण गरेको बताएको छ । इजरायली आक्रमणमा ४४ जनाको ज्यान गएको अस्पताल स्रोतहरूलाई उद्धृत गर्दै खबरमा उल्लेख छ ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले मध्यस्थता गरेको युद्धविराम अझै पनि कायम रहेको बताउनुभएको छ । एअर फोर्स वान विमानमा चढ्ने क्रममा पत्रकारसँग कुरा गर्दै ट्रम्पले युद्धविराम उल्लङ्घनमा हमास नेतृत्व संलग्न नभएको उल्लेख गर्नुभएको खबरमा उल्लेख छ ।

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

दाङ, १० कार्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले छठ पर्वले सामाजिक एकता, समानता र सद्भाव सुदृढ बनाउन महत्वपूर्ण भूमिका

काठमाडौँ, १० कार्तिक । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले छठ पर्वले सामाजिक, सांस्कृतिक सद्भाव र राष्ट्रिय एकता मजबुत बनाउन विशिष्ट भूमिका

काठमाडौँ, १० कार्तिक । सभामुख देवराज घिमिरेले जेनजी आन्दोलनपछि मुलुकमा देखिएको असहज अवस्थालाई जतिसक्दो चाँडो शान्ति र स्थायित्वमा रूपान्तरण गर्नुपर्ने

काठमाडौँ, १० कार्तिक । नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले परिवर्तन पक्षधर शक्तिहरू बिच आपसी सम्मान, सामाजिक सद्भाव