विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने प्रावधान हटाउनुपर्छ : मन्त्री पुन

काठमाडौँ, ३ कार्तिक । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विश्वविद्यालयलाई राम्रो बनाउने विषयमा छलफल भइरहेको जानकारी गराएका  छन् ।

आज मन्त्रालयका एक पत्रकार सम्मेलन आयोजना गर्दै उनले विश्वविद्यालयमा राजनीतिकरण निर्मुल पार्नुपर्ने सुझाव आएको बताए ।

उनले भने, ‘भिसि (कुलपति) हरूसँग पनि छलफल भएको छ । विश्वविद्यालय अनुदान आयोग अन्तर्गत विश्वविद्यालयलाई कसरी राम्रो बनाउन छलफल भएका छन्,’ ‘राजनीतिकरण निर्मुल पार्नुपर्ने सुझाव आको छ । मस्यौदा बनाउनेछ ।’

उनले विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने व्यवस्था हटाउनुपर्ने बताए ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले जेनजी आन्दोलनको क्रममा उत्तरपुस्तिका जलेसँगै पुन: परीक्षा गर्न खर्चिलो हुने बताएका छन् । जेनजी आन्दोलनका क्रममा देशभरका प्रहरी कार्यालयहरू जल्दा त्यहाँ राखिएका धेरै उत्तरपुस्तिका जलेका छन् ।

‘आन्दोलनमा उत्तरपुस्तिका जलेकाले फेरि परीक्षा गर्न १ करोड ७५ लाख खर्च हुने रहेछ,’ मन्त्री पुनले भने ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २५ भदाै । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले कार्यक्षेत्रमा काम गर्ने क्रममा विद्युत् दुर्घटनामा परी घाइते भएका कर्मचारी

काठमाडौँ, २५ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री बालेनको सरकार सञ्चालनको शैलीमाथि प्रश्न उठाएका छन्। पोखरेलले सामाजिक सञ्जालमार्फत

स्याङ्जा, २५ भदौ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी एकताका लागि आफू अझै नरम हुन तयार रहेको बताएका छन्

काठमाडौँ, २५ भदौ । राष्ट्रिय सभा सदस्य रामकुमारी झाँक्रीले कानुन निर्माणमा राष्ट्रिय सभाका कारण अवरोध भएको भन्ने अभिव्यक्ति दिएको भन्दै