हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा कार्गो जहाज धावनमार्गबाट चिप्लियो

एजेन्सी, ३ कार्तिक । हङकङ अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गबाट एक कार्गो जहाज चिप्लिएर समुद्रमा खस्दा दुई जनाको ज्यान गएको छ ।

इमिरेट्सको उडान ईके ९७८८ को बोइङ गएराति हङकङमा अवतरण हुँदै थियो । तर अवतरणका क्रममा जहाजले धावनमार्गको दक्षिणमा रहेको एउटा गाडीलाई ठक्कर दिएको थियो ।

त्यस क्रममा दुईजना ‘ग्राउन्ड स्टाफ’ समुद्रमा खसेका थिए । उनीहरूको दुर्घटनास्थलबाट उद्धार गरिएको भएपनि अस्पतालमा ज्यान गएको त्यहाँको प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । जहाजमा चालक दलका चार सदस्य थिए । उनीहरू जीवितै रहेको र अस्पताल लगिएको खबरमा उल्लेख छ ।

जहाज दुई टुक्रा भएको र एउटा भाग पानीमा तैरिरहेको अवस्थामा भेटिएको छ । विमानस्थलमा आज कम्तिमा ११ वटा कार्गो जहाज अवतरण गर्ने तालिका रहेकामा सबै रद्द गरिएका विमानस्थलको वेबसाइटमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ असोज । चितवनमा ट्याक्टर र जीप ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते छन् । प्रहरीका

काठमाडौँ, १९ असोज । सर्लाहीको कबिलासी नगरपालिका–३ मदनपुरमा मोटरसाइकल दुर्घटनामा परेका एक युवकको साथबाट प्रहरीले सिक्सर पेस्तोल बरामद गरेको छ ।

काठमाडौँ, १९ असोज । कालीमाटी तरकारी बजारमा भित्रिएको काँक्रोमा अत्यधिक मात्रामा विषादी भेटिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास

काठमाडौँ, १९ असोज । इन्टरनेट सेवा प्रदायकहरूले आजदेखि सस्तो र कम स्पीडका प्याकेज बन्द गरेको छ । इन्टरनेट सर्भिस प्रोभाइडर