काठमाडौँ, २ कार्तिक । टेलिभिजन शो ‘कमेडी नाइट विथ च्याम्पियन्स’को अध्यक्षमा चर्चित कलाकार केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’ रहने छन् ।
आउने मंगलबार प्रसारण हुने २८ औं एपिसोडमा तिहार विशेष प्रस्तुति हुनेछ ।
प्रदर्शन तयारीमा रहेको फिल्म ‘सोल्टिनी’का कलाकार प्रकाश सपुत र परीक्षा लिम्बुले कमेडियनसँग देउसी भैली खेलेको प्रस्तुति यो एपिसोडमा समावेश छ ।
दीपाश्री निरौला केही समय अमेरिका भ्रमणमा रहेकाले उनको ठाउँमा माग्ने बुढा अध्यक्षको रुपमा देखिएको निर्देशक विशाल भण्डारीले जनाए ।






