यूएईमा हुने क्रिकेट लिग–२ को शृङ्खला खेल्ने नेपाली टोलीको घोषणा

काठमाडौँ, २ कार्तिक । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत यूएईमा हुने शृङ्खलाका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ ।

नेपाल क्रिकेट सङ्घ क्यानले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय नेपाली टोलीकाे घोषणा गरेको हो ।

टोलीमा कप्तान रोहित पौडेलसहित उपकप्तान दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, आसिफ शेख, अनिल साह, कुशल भुर्तेल, सोमपाल कामी, करण केसी, नन्दन यादव, भीम सार्की, कुशल मल्ल, आरिफ शेख, ललित राजवंशी, गुल्शन झा र शाहब आलम रहेका छन् ।

यही कात्तिक ९ देखि १९ गतेसम्म लिग–२ अन्तर्गत नेपालले यूएई र अमेरिकासँग शृङ्खला खेल्न लागेको हो । पहिलो खेल कात्तिक ९ गते नेपालले अमेरिकासँग खेल्दै शृङ्खला शुरु गर्नेछ । तीन वटै टोलीले एकअर्कासँग समान दुई खेल खेल्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ असोज । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि पाकिस्तानका नवनियुक्त राजदूत मोहम्मद आमिर खानले भेटवार्ता गरेका छन् । आज परराष्ट्र

काठमाडौँ, २९ असोज । रास्वपा सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगलाई लिखित जवाफ बुझाएका छन् । एक महिलासँग भएको फोन संवादका

काठमाडौँ, २९ असोज । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले थप ४ स्थानीय तहमा भूमि बैंक स्थापना

काठमाडौँ, २९ असोज । धनुषाको धनौजी गाउँपालिका ३ (साविक झोझी कटैया गा.वि.स. वडा नं १,२,३,४, ५, ६, ७, ८ र