यूएईमा हुने क्रिकेट लिग–२ को शृङ्खला खेल्ने नेपाली टोलीको घोषणा

काठमाडौँ, २ कार्तिक । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत यूएईमा हुने शृङ्खलाका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ ।

नेपाल क्रिकेट सङ्घ क्यानले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय नेपाली टोलीकाे घोषणा गरेको हो ।

टोलीमा कप्तान रोहित पौडेलसहित उपकप्तान दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, आसिफ शेख, अनिल साह, कुशल भुर्तेल, सोमपाल कामी, करण केसी, नन्दन यादव, भीम सार्की, कुशल मल्ल, आरिफ शेख, ललित राजवंशी, गुल्शन झा र शाहब आलम रहेका छन् ।

यही कात्तिक ९ देखि १९ गतेसम्म लिग–२ अन्तर्गत नेपालले यूएई र अमेरिकासँग शृङ्खला खेल्न लागेको हो । पहिलो खेल कात्तिक ९ गते नेपालले अमेरिकासँग खेल्दै शृङ्खला शुरु गर्नेछ । तीन वटै टोलीले एकअर्कासँग समान दुई खेल खेल्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

दाङ, १० कार्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले छठ पर्वले सामाजिक एकता, समानता र सद्भाव सुदृढ बनाउन महत्वपूर्ण भूमिका

काठमाडौँ, १० कार्तिक । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले छठ पर्वले सामाजिक, सांस्कृतिक सद्भाव र राष्ट्रिय एकता मजबुत बनाउन विशिष्ट भूमिका

काठमाडौँ, १० कार्तिक । सभामुख देवराज घिमिरेले जेनजी आन्दोलनपछि मुलुकमा देखिएको असहज अवस्थालाई जतिसक्दो चाँडो शान्ति र स्थायित्वमा रूपान्तरण गर्नुपर्ने

काठमाडौँ, १० कार्तिक । नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले परिवर्तन पक्षधर शक्तिहरू बिच आपसी सम्मान, सामाजिक सद्भाव