मलेसियामा आपराधिक घटना दरमा वृद्धि

एजेन्सी, १ कार्तिक । मलेसियामा सन् २०२४ को वर्षभरि ५८ हजार दुई सय ५५ आपराधिक घटना दर्ता भएका छन्, जुन अघिल्लो वर्षको तुलनामा ११ दशमलव १ प्रतिशतले बढी हो ।

मलेसिया तथ्याङ्क विभागले बिहीबार जारी गरेको प्रतिवेदनअनुसार, अपराध दर वृद्धिको मुख्य कारण सम्पत्ति सम्बन्धी अपराधहरू हुन्, जसमा चोरी, डकैती, लुटपाटजस्ता घटना पर्दछन् ।

यी अपराधहरू १२ दशमलव ४ प्रतिशतले वृद्धि भई ४७ हजार १ सय ८८ घटनामा पुगेका छन् । यद्यपि समग्र अपराध दरमा वृद्धि देखिएको भए पनि, हत्या सम्बन्धी घटनामा भने कमी आएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ असोज । चितवनमा ट्याक्टर र जीप ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते छन् । प्रहरीका

काठमाडौँ, १९ असोज । सर्लाहीको कबिलासी नगरपालिका–३ मदनपुरमा मोटरसाइकल दुर्घटनामा परेका एक युवकको साथबाट प्रहरीले सिक्सर पेस्तोल बरामद गरेको छ ।

काठमाडौँ, १९ असोज । कालीमाटी तरकारी बजारमा भित्रिएको काँक्रोमा अत्यधिक मात्रामा विषादी भेटिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास

काठमाडौँ, १९ असोज । इन्टरनेट सेवा प्रदायकहरूले आजदेखि सस्तो र कम स्पीडका प्याकेज बन्द गरेको छ । इन्टरनेट सर्भिस प्रोभाइडर