युक्रेनले अमेरिकासँग माग्यो टमाहक मिसाइल

एजेन्सी, १ कार्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जालेन्स्कीले शुक्रबार द्विपक्षीय बैठकअघि संयुक्त रूपमा पत्रकारहरूसँग कुरा गर्दै युक्रेन–रूस युद्ध र अमेरिकी सहयोगबारे चर्चा गरेका छन् ।

राष्ट्रपति जालेन्स्कीले अमेरिकासँग लामो दूरीका टमाहक मिसाइल उपलब्ध गराउन आग्रह गर्दै भने, ‘हामीलाई युद्धमा प्रभावकारी बचावका लागि यी मिसाइलहरू आवश्यक छन्।’ उनले बदलामा युक्रेनले अमेरिकी पक्षलाई ड्रोन उत्पादनमा सहयोग गर्न सक्ने प्रस्ताव पनि राखे ।

ट्रम्पले भने, ‘टमाहक मिसाइलको विषयमा हामी छलफल गर्नेछौं, तर यस्तो निर्णयले युद्धको स्थिति थप जटिल बनाउन सक्छ। अमेरिकाले पनि आफ्नै सुरक्षा आवश्यकताका लागि यी मिसाइलहरू चाहिन्छ।’ यस्तै राष्ट्रपति ट्रम्पले बुडापेस्ट, हंगेरीमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग हुने आगामी शिखर बैठकबारे जानकारी दिँदै पुटिन र जालेन्स्कीबीच प्रत्यक्ष भेट सम्भावना कम रहेको बताए।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ असोज । तनहुँको भानु नगरपालिका-१०, तल्लो मैदानस्थित हटिया-चिसापानी भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ

काठमाडौँ, १८ असोज । नवलपरासी (बर्दघाट सुस्ता पूर्व), बिनयी त्रिवेणी गाउँपालिका-४ पिधरीस्थित होङ्सी-दुम्किबास भित्री सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौँ, १८ असोज । रुपन्देहीको तिलोत्तमा नगरपालिकाबाट १० वर्षीया बालिकालाई अपहरण गरी जंगलमा लुकाएर राखेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको

काठमाडौँ, १८ असोज । सिरहाको लहानबाट सशस्त्र प्रहरीले १२ किलो लागुऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार पक्राउ