आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्ने २० टिमको टुंगो लाग्यो

काठमाडौँ, ३१ असोज । श्रीलंका र भारतमा आयोजना हुने आईसीसी टी–२० विश्वकप क्रिकेट, २०२६ खेल्ने २० टिमको टुंगो लागेको छ ।

बिहीबार अन्तर्राष्ट्रिय क्रिकेट महासंघ (आईसीसी)ले विश्वकपको निम्ति छनोट भएका २० राष्ट्रको नाम सार्वजनिक गरेको हो ।

आईसीसीका अनुसार आयोजक भारत, श्रीलंकासँगै सन् २०२४ मा सम्पन्न क्रिकेट विश्वकपका उत्कृष्ट सात टोलीका रूपमा अफगानिस्तान, अस्ट्रेलिया, बंगलादेश, इंग्ल्यान्ड, दक्षिण अफ्रिका, अमेरिका र वेस्ट इन्डिज छन् ।

त्यसैगरी, आईसीसी टी–२० वरीयताको आधारमा विश्वकप प्रवेश गर्ने टोलीमा आयरल्यान्ड, न्युजिल्यान्ड र पाकिस्तान छन् । अमेरिकी छनोटअन्तर्गत क्यानडाले विश्वकपमा स्थान बनाएको छ ।

युरोपियन क्षेत्रीय छनोटबाट इटाली र नेदरल्यान्ड छन् । नामिबिया र जिम्बावेले अफ्रिकी क्षेत्रीय छनोटबाट विश्वकपमा स्थान सुरक्षित गरेका छन् । एसिया प्यासिफिक क्षेत्रीय छनोटबाट नेपाल, ओमान र यूएईले विश्वकपको टिकट काटेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

दाङ, १० कार्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले छठ पर्वले सामाजिक एकता, समानता र सद्भाव सुदृढ बनाउन महत्वपूर्ण भूमिका

काठमाडौँ, १० कार्तिक । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले छठ पर्वले सामाजिक, सांस्कृतिक सद्भाव र राष्ट्रिय एकता मजबुत बनाउन विशिष्ट भूमिका

काठमाडौँ, १० कार्तिक । सभामुख देवराज घिमिरेले जेनजी आन्दोलनपछि मुलुकमा देखिएको असहज अवस्थालाई जतिसक्दो चाँडो शान्ति र स्थायित्वमा रूपान्तरण गर्नुपर्ने

काठमाडौँ, १० कार्तिक । नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले परिवर्तन पक्षधर शक्तिहरू बिच आपसी सम्मान, सामाजिक सद्भाव