काठमाडौँ, ३१ असोज । आजबाट हलमा चलचित्र ‘जेरी अन टप’ प्रदर्शनमा आएको छ ।
फ्राइडे रिलिजअन्तर्गत यो चलचित्र आजबाट प्रदर्शनमा आएको हो ।
देशभर यो चलचित्रले दुई सयभन्दा माथि शो पाएको छ । चलचित्रको मुख्य भूमिकामा अनमोल केसी छन् ।
सुयोग गुरुङको निर्देशन रहेको ‘जेरी अन टप’मा अनमोलसँगै आँचल शर्मा, जसीता गुरुङ, केदार घिमिरे (माग्नेबुढा), भुवन केसी, उषा खड्गीको अभिनय छ । अभिनेत्री सुरक्षा पन्तले यो सिनेमामा विशेष भूमिका निभाएकी छन् ।






