सपनाको समाप्त भएको छैन, शुरूवात भएको छ : कप्तान पौडेल

काठमाडौँ, ३० असोज । आउँदो वर्ष हुने टी–२० विश्वकपमा छनोट भएपछि नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले सपनाको शुरूवात भएको बताएका छन् ।

छनोटपछि फेसबुकमा लेख्दै उनले सपनाको अन्त्य भएको हैन, शुरूवात भएको प्रतिक्रिया दिएका हुन् । विश्वास र समर्थन गर्ने सबै नेपाली यो खुशीको पलको हकदार भएको उनको भनाइ छ ।

एशिया तथा पूर्वी एशिया प्यासिफिकबाट भइरहेको छनोट खेलमा नेपाल र ओमानले विश्वकप यात्रा सुनिश्चित गरेका हुन् । हिजो भएको खेलमा यूएईले सामोआलाई हराएसँगै २ खेलअघि नै नेपाल र ओमान छनोट भएका हुन् । बाँकी एक स्थानका लागि अब यूएई, कतार र जापानबीच प्रतिस्पर्धा हुनेछ । विश्वकपमा २० टोली खेल्नेछन् । नेपाल लगातार दोस्रोपटक आईसीसी पुरुष टी–२० विश्वकपमा छनोट भएको हो  । समग्रमा नेपालले तेस्रोपटक विश्वकप खेल्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ असोज । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि पाकिस्तानका नवनियुक्त राजदूत मोहम्मद आमिर खानले भेटवार्ता गरेका छन् । आज परराष्ट्र

काठमाडौँ, २९ असोज । रास्वपा सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगलाई लिखित जवाफ बुझाएका छन् । एक महिलासँग भएको फोन संवादका

काठमाडौँ, २९ असोज । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले थप ४ स्थानीय तहमा भूमि बैंक स्थापना

काठमाडौँ, २९ असोज । धनुषाको धनौजी गाउँपालिका ३ (साविक झोझी कटैया गा.वि.स. वडा नं १,२,३,४, ५, ६, ७, ८ र