हमासद्वारा थप दुई बन्धकहरूको शव फिर्ता

एजेन्सी, ३० असोज । अमेरिकाको मध्यस्थतामा भएको युद्धविराम सम्झौताको शर्तहरूअन्तर्गत हमासले थप दुई इजरायली बन्धकको शव हस्तान्तरण गरेको छ । बाँकी शव फिर्ता गर्न उसले थप समय मागेको बताइएको छ । 

बाँकी बन्धकहरूको शव पत्ता लगाउन र फिर्ता गर्न विशेष उपकरण आवश्यक पर्ने हमासको सशस्त्र शाखाको भनाइ छ । हमासले सम्झौताको पालना गरेन भने इजरायली सेनाले गाजामा पुनः लडाईं सुरु गर्न सक्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेकै समयमा हमासको यो प्रतिक्रिया आएको हो । 

रेडक्रसबाट बन्धकहरूको शवहरू भएको कफिनहरू प्राप्त त भएको तर तिनीहरूको आधिकारिक पहिचानको प्रक्रिया चलिरहेको इजरायली प्रधानमन्त्रीको कार्यालयले एक विज्ञप्तिमा भनेको थियो । 

जनतालाई संवेदनशीलता देखाउन र आधिकारिक पहिचानको प्रतीक्षा गर्न आग्रह गर्दै यसको सूचना सबैभन्दा पहिले मृतक बन्धकहरूको परिवारलाई दिइने पनि विज्ञप्तिमा भनिएको छ । गाजा शान्ति योजनाको पहिलो चरण अन्तर्गत, हमासले कुल २८ बन्धकहरूको शव फिर्ता गर्नु पर्ने छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ असोज । चितवनमा ट्याक्टर र जीप ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते छन् । प्रहरीका

काठमाडौँ, १९ असोज । सर्लाहीको कबिलासी नगरपालिका–३ मदनपुरमा मोटरसाइकल दुर्घटनामा परेका एक युवकको साथबाट प्रहरीले सिक्सर पेस्तोल बरामद गरेको छ ।

काठमाडौँ, १९ असोज । कालीमाटी तरकारी बजारमा भित्रिएको काँक्रोमा अत्यधिक मात्रामा विषादी भेटिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास

काठमाडौँ, १९ असोज । इन्टरनेट सेवा प्रदायकहरूले आजदेखि सस्तो र कम स्पीडका प्याकेज बन्द गरेको छ । इन्टरनेट सर्भिस प्रोभाइडर