ओमानलाई हराउँदै नेपाल अंक तालिकाको शीर्षस्थानमा उक्लियो

काठमाडौँ, ३० असोज । टी–२० एशिया तथा इस्ट एशिया–प्यासिफिक छनोटमा ओमानलाई ३८ रनले हराउँदै नेपाल अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ । यो सँगै नेपालले छनोट उपाधि जित्ने सम्भावनालाई बलियो बनाएको छ ।

हिजोको खेलमा नेपालले दिएको १ सय ५२ रनको लक्ष्य पछ्याएको ओमान २० ओभरमा ९ विकेट गुमाउँदै १ सय १३ रनमा समेटियो । त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५१ रन बनायो ।

यो खेलअघि नै नेपाल सन् २०२६ मा भारत र श्रीलंकामा आयोजना हुने पुरुष टी–२० विश्वकपका लागि छनोट भईसकेको छ । विश्वकपमा २० टोली सहभागी हुनेछन् । नेपालले यसअघि सन् २०१४ र सन् २०२४ मा विश्वकप खेलेको थियो ।

नेपालको यो तेस्रो पटकको विश्वकप यात्रा हो । आईसीसी टी–२० विश्वकप छनोट अन्तर्गत नेपालले अव अन्तिम खेलमा भोलि सामोआसँग खेल्नेछ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । पाँचथरमा आजदेखि रातको समयमा सवारीसाधनको आवागमनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय पाँचथरले सूचना प्रकाशन गर्दै

काठमाडौँ, ८ असोज । बजारमा अम्बाको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आज अम्बाको

काठमाडौँ, ८ असोज । आधा किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक भारतीय नागरिक पक्राउ परेका छन् । प्रहरीका अनुसार कतारको दोहा

काठमाडौँ, ८ असोज । ललितपुर बागमती गाउँपालिका-३ काल्चेमाल्टामा पहिरो गएपछि कान्ति लोकपथ पूर्णरूपमा बन्द भएको छ । काल्चे माल्टा दोबाटोमा पहिरो