यूट्यूबर मनोज मानव पक्राउ: मुद्दा माथि मुद्दा

सप्तरी, २९ असोज । पत्रकार हुँ भन्दै डीएसपीसम्मैलाई फोन गरेर  गालीगलौज गरेको आरोपमा सिरहाको लहान नगरपालिका-२४ घर भइ काठमाडौंको कीर्तिपुर नगरपालिका–२ बस्ने ३८ वर्षीय मनोज मानव भनिने मनोज महतोमाथि मुद्दा चलाइएको हो । प्रहरीलाई गालीगलौज गरेको आरोपमा उनलाई अभद्र व्यवहारको मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।

जिल्लाको राजविराज नगरपालिका–५ बाट सोमबार नियन्त्रणमा लिइएको महतोलाई मंगलबार अभद्र व्यवहार मुद्दामा जिल्ला प्रशासन कार्यालयबाट ७ दिन म्याद थप लिएर अनुसन्धान भइरहेको डीएसपी डम्बरबहादुर पुरीले बताए । उनका अनुसार सोमबारै महतोले १०० नम्बरमा फोन गरेर पत्रकार हुँ भन्दै ड्युटीमा खटिएका प्रहरीलाई गालीगलौज र अपशब्द प्रयोग गर्दै आफ्नो नम्बर मागेका थिए । आफूलाई समेत फोनमा गालीगलौज गर्दै अभद्र व्यवहार गरेका महतोलाई नियन्त्रणमा लिइ मुद्दा दर्ता गरेको डीएसपी पुरीले बताए ।

महतोलाई यसअघि पनि विद्युतीय कारोबारसम्बन्धी कसूरमा दुईपटक पक्राउ तथा कारबाही भइसकेको छ भने महतोमाथि जिल्ला प्रहरी परिसर काठमाडौंबाट पनि अभद्र व्यवहार र ज्यानसम्बन्धी कसूर, अपहरण तथा शरीर बन्धक सम्बन्धी कसूर तथा इलाका प्रहरी कार्यालय लहानबाट केही सार्वजनिक अपराध मुद्दामा पक्राउ तथा कारबाही भइसकेको डीएसपी पुरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ असोज । काठमाडौँको नयाँ बानेश्वर स्थित मीनभवनमा गएराति स्कार्पियो र मोटरसाइकल ठोक्किएका छन् । गएराति भएको दुर्घटनामा बा.८१

काठमाडौँ, २९ असोज । अमेरिकी पासपोर्ट पहिलो पटक विश्वका सबैभन्दा शक्तिशाली पासपोर्टहरूको शीर्ष १० सूचीबाट बाहिरिएको छ ।  हेनले एण्ड

काठमाडौँ, २९ असोज । बझाङमा भूकम्पको गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार राति १ बजेर ८

काठमाडौँ, २९ असोज ।  गएको साउन र भदौमा मात्र रेमिट्यान्समार्फत ३ खर्ब ५२ अर्ब ८ करोड रुपैयाँ भित्रिएको छ । गत