सुपर सिक्समा आज ओमान र नेपाल भिड्दै

काठमाडौँ, २९ असोज । आईसीसी टी-२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा आज नेपालले ओमानसँग प्रतिस्पर्धा गर्दैछ ।

सुपर सिक्समा यूएईलाई १ रन र कतारलाई पाँच रनले हराएको नेपालले आज ओमानलाई पराजित गरे टी-२० विश्वकपमा छनोट हुनेछ ।

विश्वकप छनोटका लागि निर्णायक मानिएको नेपाल र ओमानको खेल बुधबार राति ८ः४५ बजे सुरु हुनेछ ।

सुपर सिक्समा यूएई र कतारलाई हराइसकेको नेपालले अन्तिम खेलमा शुक्रबार सामाओसँग प्रतिस्पर्धा गर्दैछ ।

सुपर सिक्समा सहभागी नेपाल, यूएई, ओमान, जापान, कतार र सामाओमध्ये शीर्ष स्थानमा रहने तीन टिमले भारत र श्रीलंकामा हुने २०२६ को टी-२० विश्वकप खेल्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ असोज । काठमाडौँको नयाँ बानेश्वर स्थित मीनभवनमा गएराति स्कार्पियो र मोटरसाइकल ठोक्किएका छन् । गएराति भएको दुर्घटनामा बा.८१

काठमाडौँ, २९ असोज । अमेरिकी पासपोर्ट पहिलो पटक विश्वका सबैभन्दा शक्तिशाली पासपोर्टहरूको शीर्ष १० सूचीबाट बाहिरिएको छ ।  हेनले एण्ड

काठमाडौँ, २९ असोज । बझाङमा भूकम्पको गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार राति १ बजेर ८

काठमाडौँ, २९ असोज ।  गएको साउन र भदौमा मात्र रेमिट्यान्समार्फत ३ खर्ब ५२ अर्ब ८ करोड रुपैयाँ भित्रिएको छ । गत