स्वस्तिमा खड्का इनड्राइभकी ब्रान्ड एम्बासडर

काठमाडौँ, २७ असोज । विश्वव्यापी मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्म इनड्राइभले नेपालका लागि अभिनेत्री स्वस्तिमा खड्कालाई आफ्नो ब्रान्ड एम्बासडर घोषणा गरेको छ ।

सो अवसरमा कम्पनीले नयाँ ३६० डिग्री क्याम्पेन “इनड्राइभसँग यात्रा तपाईंकै रोजाइमा” सार्वजनिक गरेको छ ।

क्याम्पेनले स्वतन्त्रता, निष्पक्षता र पारदर्शितालाई केन्द्रमा राख्दै इनड्राइभको पियर–टू–पियर मोडेललाई प्रवर्द्धन गर्छ, जसअन्तर्गत यात्रु र चालकबीच प्रत्यक्ष मोलमोलाई गर्न सकिनेछ । प्रयोगकर्ताले एपमार्फत आफ्नै भाडा प्रस्ताव गर्न र चालक रोज्न सक्ने सुविधा पाउनेछन् ।

इनड्राइभका एशिया–प्यासिफिक रिजनल डाइरेक्टर मार्क टल्लीका अनुसार यो क्याम्पेनले स्वतन्त्रता, समानता र समुदायजस्ता मूल्यहरूलाई मूर्त रूप दिन्छ, र स्वस्तिमा खड्का यसका लागि उपयुक्त प्रतिनिधि हुन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ असोज । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१९ इनर्वाशिरामा ५ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीका

काठमाडौँ, २ असोज । नेपाल प्रहरीले जनपद प्रहरी समूहतर्फ भर्ना खुलाएको छ । प्रहरी सहायक निरीक्षक (असई) र प्रहरी कार्यालय

काठमाडौँ, २ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, २ असोज । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा भने