एजेन्सी, २७ असोज । हमासले बन्धक बनाएका बन्दीहरुलाई मुक्त गराउने विशेष समारोहमा सहभागी हुन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इजरायल प्रस्थान गर्दैछन् ।
गाजाबाट बन्धकहरूलाई मुक्त गर्नका लागि हालै भएको युद्धविराम सम्झौता औपचारिक रुपमा कार्यान्वयन गराउने समारोहमा सहभागी हुन उनी इजरायल प्रस्थान गर्न लागेका हुन् ।
गाजामा हमासले नियन्त्रणमा लिएर राखेका सबै बन्धकहरूलाई मुक्त गर्ने अन्तिम समयसीमा स्थानीय समय अनुसार सोमबार दिउँसो १२ बजे तोकिएको छ ।
इजरायल जानुअघि पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले ‘युद्ध समाप्त भएको’ बताएका छन् । साथै उनले युद्धविराम कायम रहने र गाजाका लागि ‘बोर्ड अफ पिस’ छिट्टै गठन गरिने पनि बताए ।







