लुम्बिनी विश्वविद्यालयप्रति नयाँ आशा पलाएको छ : मुख्यमन्त्री आचार्य

नेपालगन्ज, २७ असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्राविधिक विश्वविद्यालयले विद्यार्थीको आकर्षण बढाउन थालेपछि विश्वविद्यालयप्रति नयाँ आशा पलाएको उल्लेख गरेका छन् ।  

नेपालगन्जमा आइतबार विश्वविद्यालयको सातौँ सिनेट बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले पछिल्लो समयमा गरिएको मेहनतले आशाको किरण जगाएको उल्लेख गरे । लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई उत्कृष्ट र नमूना संस्थाका रूपमा विकसित गर्न साझा प्रयास आवश्यक रहेको बताएका छन् ।  

विश्वविद्यालयले अझ विश्वास जित्नका लागि थप परिश्रम गर्नुपर्नेमा जोड दिए । अझै पनि विश्वविद्यालयलाई जनस्तरसम्म पुर्याउन आवश्वक रहेको र यसमा सबैले मिलेर काम गर्नुपर्ने मुख्यमन्त्री आचार्यको भनाइ थियो । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ कार्तिक । गुल्मीको कालीगण्डकी गाउँपालिका–२ अर्बेनीको दबौखानीमा स्कार्पियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको ६ भने तीन जना घाइते

काठमाडौँ, ९ कार्तिक । धितोपत्र बजारमा आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य गिरावट आएको छ । नेप्से परिसूचक ४.३४

काठमाडाैँ, ९ कार्तिक । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान गरिने ‘बेष्ट बैंक अवार्ड’

काठमाडौँ, ९ कार्तिक । सुनसरीको इटहरीबाट जुवातास खेलिरहेको अवस्थामा रु चार लाख ५६ हजार नगदसहित आठ जना पक्राउ परेका छन्