मन्त्री घिसिङद्वारा १४ वर्षदेखि अलपत्र कन्काई पुलको निरीक्षण

काठमाडौँ, २६ असोज । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले १४ वर्षदेखि अलपत्र झापाको कन्काई पुल निरीक्षणमा गरेका छन् ।

हुलाकी राजमार्ग अन्तर्गत झापा गाउँपालिका–२ र गौरीगञ्ज गाउँपालिका–१ जोड्ने कन्काई पुलको स्थलगत निरीक्षण गरी मन्त्री घिसिङले निर्माण प्रगतिबारे जानकारी लिए ।

करिब ७ सय २३ मिटर लम्बाइको पुल ‘डिजाइन एन्ड बिल्ड’ ढाँचामा निर्माण गर्न आर्थिक वर्ष २०६७/६८ मा पप्पु महादेव खिम्ती संयुक्त उपक्रम (जेभी) सँग करिब ५१ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । पुल निर्माणको भौतिक र वित्तीय प्रगति करिब ५५ प्रतिशतमात्र छ ।

लामो समयदेखि पुल अलपत्र पारिएको जानकारी आफूले पाएको उल्लेख गर्दै मन्त्री घिसिङले अब यसको विस्तृत अध्ययन गरी छिट्टै ठोस निकास निकालिने बताए । उनले भने, ‘पुल निर्माण लामो समयदेखि अलपत्र पारिएको रहेछ, ठेक्का तोडेर नयाँ प्रक्रियामा जाने या के गर्ने, निर्माण व्यवसायीलाई के गर्ने भन्नेबारे तत्काल निर्णय लिने छौं,’ ‘जनजीविकासँग जोडिएको रणनीतिक महत्त्वको पुल निर्माणलाई यथास्थितिमा राख्न सक्दैनौं, चाँडै निकास दिन्छौं ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २३ कार्तिक । गोरखाको सिरानचोक गाउँपालिका-४, चोरकाटेस्थित घुम्तीमोडमा भएको माइक्रोबस दुर्घटनामा चालकसहित १७ यात्रु घाइते भएका छन्। जिल्ला प्रहरी

काठमाडौँ, २३ कार्तिक । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।

काठमाडौँ, २३ कार्तिक । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

भक्तपुर, २२ कार्तिक । गृहमन्त्रालय अन्र्तगत रहेको सरकारी संस्था जुद्ध वारुण यन्त्र कार्यालय भक्तपुरका राष्ट्रसेवक कर्मचारीहरुका विच ध्वनी चिकित्साको प्रयोग