लड्न डराउँदैनौँ : चीन

एजेन्सी, २६ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नयाँ ट्यारिफ निर्णयको कडा आलोचना गरेको छ । अमेरिकाले दोहोरो मापदण्ड अपनाइरहेको चीनको आरोप छ ।

ट्रम्पले शुक्रबार राति १ नोभेम्बरदेखि चीनबाट आउने सबै उत्पादनमा १०० प्रतिशत ट्यारिफ लगाइने घोषणा गरेका थिए । साथै, उनले अमेरिकी सफ्टवेयर र प्रविधिमा कडा निर्यात नियन्त्रण लागु गर्ने पनि बताएका छन् ।

ट्रम्पले यो कदम चीनको आक्रामक व्यापार नीतिको जवाफ भएको बताएका छन् । उनले बेइजिङले दुर्लभ खनिजको निर्यातमा प्रतिबन्ध लगाएर विश्वलाई बन्धक बनाउन खोजिरहेको आरोप लगाए ।

चीनको वाणिज्य मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै अमेरिकाको निर्णयले चीनको हितमा गम्भीर क्षति पुग्ने र द्विपक्षीय व्यापार वार्ताको वातावरण बिग्रने बताएको छ । मन्त्रालयले भनेको छ, “चीन लड्न चाहँदैन । तर, डराउँदैन पनि । आवश्यक परेमा जवाफी कदम चालिनेछ ।”

बेइजिङले अमेरिकाले लगातार चिनियाँ कम्पनीलाई प्रतिबन्ध र निर्यात नियन्त्रण सूचीमा राखेर व्यापार सम्बन्धलाई अस्थिर बनाइरहेको आरोप पनि लगाएको छ ।

चीनले यदि अमेरिका पछि हटेन भने उसले अमेरिकी जहाजहरूमा विशेष बन्दरगाह शुल्क लगाउने र आफ्नो हितको रक्षाका लागि ठोस कदम चाल्ने चेतावनी दिएको छ ।

यो तनाव यस्तो समयमा बढेको हो जब ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच अर्को महिना दक्षिण कोरियामा भेटवार्ता हुने सम्भावना थियो । तर, ट्रम्पले अब यो बैठक रद्द गर्ने धम्की दिएका छन् । एपी

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २३ कार्तिक । नेपाल सरकारका सूचना तथा सञ्चार प्रविधि मन्त्री जगदीश खरेलसँग आगामी साता दक्षिण कोरियामा ‘नेपाली समुदायको साक्षात्कार

काठमाडौँ, २३ कार्तिक । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

काठमाडौँ, २२ कार्तिक । नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमको निधन भएको छ कांग्रेसका निवर्तमान सांसद देवप्रसाद तिमल्सिनाका अनुसार कार्तिक

काठमाडौँ, २२ कार्तिक । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।