लड्न डराउँदैनौँ : चीन

एजेन्सी, २६ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नयाँ ट्यारिफ निर्णयको कडा आलोचना गरेको छ । अमेरिकाले दोहोरो मापदण्ड अपनाइरहेको चीनको आरोप छ ।

ट्रम्पले शुक्रबार राति १ नोभेम्बरदेखि चीनबाट आउने सबै उत्पादनमा १०० प्रतिशत ट्यारिफ लगाइने घोषणा गरेका थिए । साथै, उनले अमेरिकी सफ्टवेयर र प्रविधिमा कडा निर्यात नियन्त्रण लागु गर्ने पनि बताएका छन् ।

ट्रम्पले यो कदम चीनको आक्रामक व्यापार नीतिको जवाफ भएको बताएका छन् । उनले बेइजिङले दुर्लभ खनिजको निर्यातमा प्रतिबन्ध लगाएर विश्वलाई बन्धक बनाउन खोजिरहेको आरोप लगाए ।

चीनको वाणिज्य मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै अमेरिकाको निर्णयले चीनको हितमा गम्भीर क्षति पुग्ने र द्विपक्षीय व्यापार वार्ताको वातावरण बिग्रने बताएको छ । मन्त्रालयले भनेको छ, “चीन लड्न चाहँदैन । तर, डराउँदैन पनि । आवश्यक परेमा जवाफी कदम चालिनेछ ।”

बेइजिङले अमेरिकाले लगातार चिनियाँ कम्पनीलाई प्रतिबन्ध र निर्यात नियन्त्रण सूचीमा राखेर व्यापार सम्बन्धलाई अस्थिर बनाइरहेको आरोप पनि लगाएको छ ।

चीनले यदि अमेरिका पछि हटेन भने उसले अमेरिकी जहाजहरूमा विशेष बन्दरगाह शुल्क लगाउने र आफ्नो हितको रक्षाका लागि ठोस कदम चाल्ने चेतावनी दिएको छ ।

यो तनाव यस्तो समयमा बढेको हो जब ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच अर्को महिना दक्षिण कोरियामा भेटवार्ता हुने सम्भावना थियो । तर, ट्रम्पले अब यो बैठक रद्द गर्ने धम्की दिएका छन् । एपी

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ असोज । तनहुँको भानु नगरपालिका-१०, तल्लो मैदानस्थित हटिया-चिसापानी भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ

काठमाडौँ, १८ असोज । नवलपरासी (बर्दघाट सुस्ता पूर्व), बिनयी त्रिवेणी गाउँपालिका-४ पिधरीस्थित होङ्सी-दुम्किबास भित्री सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौँ, १८ असोज । रुपन्देहीको तिलोत्तमा नगरपालिकाबाट १० वर्षीया बालिकालाई अपहरण गरी जंगलमा लुकाएर राखेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको

काठमाडौँ, १८ असोज । सिरहाको लहानबाट सशस्त्र प्रहरीले १२ किलो लागुऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार पक्राउ