दीपिका पादुकोण ‘मानसिक स्वास्थ्य दूत’मा नियुक्त

काठमाडौँ, २६ असोज । बलिउड अभिनेत्री तथा द लिभ लभ लाफ फाउन्डेसनकी संस्थापक दीपिका पादुकोणलाई भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले देशको पहिलो ’मानसिक स्वास्थ्य दूत’ को रूपमा नियुक्त गरेको छ ।

यो कदम भारतमा मानसिक स्वास्थ्यको लागि अनुकूल वातावरण सिर्जना गर्ने दिशामा मन्त्रालयको एउटा महत्वपूर्ण कदम रहेको जनाइएको छ ।

यसबारे भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी नड्डाले भने, ‘दीपिका पादुकोणसँगको यो साझेदारीले भारतमा मानसिक स्वास्थ्य समस्याहरूको बारेमा जागरूकता फैलाउन, यी विषयहरूमा सार्वजनिक छलफललाई प्रवद्र्धन गर्न र मानसिक स्वास्थ्यलाई सार्वजनिक स्वास्थ्यको महत्वपूर्ण भागको रूपमा उजागर गर्न मद्दत गर्नेछ ।’

दूत नियुक्त भएपछि पादुकोणले भनिन्, “म केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयको लागि पहिलो मानसिक स्वास्थ्य राजदूत हुन पाउँदा सम्मानित महसुस गर्छु । प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा, भारतले मानसिक स्वास्थ्य सेवालाई प्राथमिकता दिएको छ । म यो कामलाई अगाडि बढाउन र हाम्रो देशमा मानसिक स्वास्थ्यलाई बलियो बनाउन मन्त्रालयसँग काम गर्न तत्पर छु ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ असोज । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१९ इनर्वाशिरामा ५ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीका

काठमाडौँ, २ असोज । नेपाल प्रहरीले जनपद प्रहरी समूहतर्फ भर्ना खुलाएको छ । प्रहरी सहायक निरीक्षक (असई) र प्रहरी कार्यालय

काठमाडौँ, २ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, २ असोज । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा भने