चीनबाट आयात हुने सामानहरूमा १०० प्रतिशत कर लगाउने ट्रम्पको घोषणा

काठमाडौँ, २५ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट आयात हुने सामानहरूमा शतप्रतिशत कर लगाउने घोषणा गरेका छन् । यो कर आउँदो महिना नोभेम्बर १ देखि लागु हुनेछ । 

ट्रम्पले अमेरिकाले महत्वपूर्ण सफ्टवेयरमा पनि निर्यात नियन्त्रण लागु गर्ने घोषणा गरेका छन् । उनले चीन निकै शत्रुतापूर्ण बन्दै गएको र विश्वलाई बन्दी बनाउन ( खोजिरहेको आरोप लगाए ।

यो घोषणा चीनले दुर्लभ खनिज (रेयर अर्थ मेटिरियल्स)को निर्यातमा नयाँ प्रतिबन्ध लगाएको एक दिनपछि आएको हो । ट्रम्पले चीनको उक्त कदमको कडा आलोचना गरेका थिए ।
दुर्लभ खनिज (रेयर अर्थ मेटिरियल्स)हरू चिप्स र विद्युतीय उपकरण निर्माणका लागि अत्यन्तै महत्वपूर्ण मानिन्छन् ।

ट्रम्पले सामाजिक सञ्जालमा लेख्दै चीनले विश्वभरका देशहरूलाई शत्रुतापूर्ण सन्देश पठाएको भन्दै नोभेम्बर १ देखि लगभग सबै उत्पादनमा निर्यात नियन्त्रण लगाउने तयारी गरेको बताए । ट्रम्पको घोषणापछि अमेरिकी सेयर बजारमा ठूलो गिरावट आएको छ । 

उनले चीनका राष्ट्रपति सी चिनफिङसँग दक्षिण कोरियामा हुने भनिएको भेटवार्ता रद्द गर्ने चेतावनी समेत दिएका छन् ।

अमेरिका र चीनबीचको हालको व्यापार सम्झौता एक महिनाभित्र समाप्त हुन लागेका बेला दुई देशबीचको यो नयाँ तनाव थप चुलिएको छ । बीबीसी

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । सभामुख डीपी अर्यालले रास्वपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीविरुद्ध दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन

काठमाडौँ, ३० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले साताको एक दिन आइतबार दिइँदै आएको बिदा

काठमाडौँ, ३० भदौ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने सम्भावना रहेको खर्क तथा चरन क्षेत्रको विकासमा

काठमाडौँ, ३० भदौ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भेटवार्ता गरेका छन्