आईसीसी टी ट्वान्टी विश्वकप छनोटमा नेपालले आज जापानसँग खेल्दै

काठमाडौँ, २४ असोज । आईसीसी टी–ट्वान्टी विश्वकप छनोटमा नेपालले आज जापानसँग खेल्दैछ ।

खेल नेपाली समयानुसार ओमानमा दिउँसो सवा चार बजे शुरू हुनेछ । नेपाल एक खेल अगाडी नै आईसीसी टी–२० विश्वकप एशिया एन्ड इस्ट–एशिया प्यासिफिक छनोटको सुपर ६ मा प्रवेश गरिसकेको छ ।

हिजो जापानले कुवेतलाई ५ विकेटले हराएसँगै नेपालले एक स्थान पार गरेको हो । समूह ‘बी’ को पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले हराएको थियो । नेपाल नेट रनरेटको आधारमा शीर्ष स्थानमा छ । जापान भने दोस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ असोज । नेपालका लागि गणतन्त्र कोरियाका नवनियुक्त राजदूत पार्क जेख्यङले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेट गरेका छन् । 

काठमाडौँ, २८ असोज । नेपाल टेलिकमका ग्राहकले अब कम्पनीको सिमकार्ड हुलाक सेवामार्फत घरमै प्राप्त गर्न सक्ने भएका छन् ।  आजदेखि नेपाल

काठमाडौँ, २८ असोज । नेपालका लागि गैरआवासीय राजदूतका रूपमा कार्यरत इन्डोनेसियाकी राजदूत लिस्टियोवातीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेकी छिन्

काठमाडौँ, २८ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो स्थायी केन्द्रीय कार्यालय निर्माणका लागि घर तथा जग्गा खरिदका लागि