‘बलिदान’को कमाइ ४ करोड नाघ्यो

काठमाडौँ, २४ असोज । सिनेपाः बक्सअफिसमा सन्तोष सेन निर्देशित फिल्म ‘बलिदान’को ग्रस कमाइ ४ करोड नाघेको छ ।

बिहीबारसम्म प्राप्त विवरणअनुसार, समीर भट्ट स्टारर फिल्मले प्रदर्शनको १० औं दिनसम्म देशब्यापी ४ करोड २६ लाख ८३ हजार ८७४ रुपैयाँ ग्रस कमाएको छ ।

यो फिल्मको लगानी ६ करोड रहेको निर्देशक सेनले अन्तर्वार्तामा बताएका छन् । यसो हो भने, लगानी उठाउन फिल्मले बक्सअफिसमा मात्र कम्तीमा १४ करोड नेरु ग्रस कमाउनुपर्छ ।

दशैं बक्सअफिसमा दीपेन्द्र के खनाल निर्देशित ‘हरिबहादुरको जुत्ता’ले १० दिनसम्म ३ करोड ७५ लाख ४६ हजार २२२ रुपैयाँ ग्रस कमाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ असोज । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१९ इनर्वाशिरामा ५ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीका

काठमाडौँ, २ असोज । नेपाल प्रहरीले जनपद प्रहरी समूहतर्फ भर्ना खुलाएको छ । प्रहरी सहायक निरीक्षक (असई) र प्रहरी कार्यालय

काठमाडौँ, २ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, २ असोज । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा भने