पुटिनले बताए ३८ जना सवार विमान रूसी क्षेप्यास्त्र प्रहारमा पर्नुको कारण

काठमाडौँ, २४ असोज । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अजरबैजानका राष्ट्रपति इल्हाम अलिएभलाई ३८ जना सवार विमान रूसी क्षेप्यास्त्र प्रहारमा पर्नुको कारण बताएका छन् । 

गत वर्ष एक युक्रेनी ड्रोन रूसी हवाई क्षेत्रमा प्रवेश गरेपछि कसरी अजरबैजान एयरलाइन्सको विमाननजिकै दुईवटा रूसी क्षेप्यास्त्रहरू विस्फोट भएका थिए भन्ने विषय उनले स्पष्ट पारेका हुन् । यही कारणले उक्त विमान दुर्घटना भएको थियो ।

पुटिनले यो घटनाबाट प्रभावित व्यक्तिहरूलाई क्षतिपूर्ति दिने आश्वासन दिएका छन् । गत डिसेम्बर २५ मा उडान जे २–८२४३ अजरबैजानको राजधानी बाकुबाट चेचन्याको राजधानी ग्रोज्नी जाँदै गर्दा कजाखस्तानको अक्ताऊनजिकै दुर्घटनाग्रस्त भएको थियो । 

युक्रेनी ड्रोनले धेरै स्थानमा हमला गरिरहेकाले यो विमान रूसको दक्षिणी भागबाट बाटो परिवर्तन गरी आएको थियो । उक्त दुर्घटनामा ३८ जनाको ज्यान गएको थियो ।

बिहीबार सार्वजनिक भएको एक भिडियोमा ताजकिस्तानमा द्विपक्षीय बैठकअघि पुटिन र अलिएभ हात मिलाउँदै र मुस्कुराउँदै गरेको देखिएका थिए । पुटिनले सोही बैठकमा विमान दुर्घटनाको विषयलाई उठाएका थिए । 

गत वर्ष पुटिनले अलिएभसँग सार्वजनिक रूपमा माफी मागेका थिए । रूसले युक्रेनी ड्रोन हमलाहरू रोक्नका लागि आफ्नो वायु रक्षा प्रणाली तैनाथ गरेका कारण रूसी हवाई सीमामा उक्त विमान दुर्घटनाग्रस्त भएको थियो ।

बिहीबार पुटिनले यस विषयमा थप्दै भने, “यस्ता घटनाहरूमा रूसी पक्षले आवश्यक पर्ने सबै कुरा गर्नेछ । क्षतिपूर्तिदेखि लिएर कानुनी रूपमा सबै औपचारिकताहरूको मूल्यांकन गरिनेछ ।” रोयटर्स

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ असोज । तनहुँको भानु नगरपालिका-१०, तल्लो मैदानस्थित हटिया-चिसापानी भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ

काठमाडौँ, १८ असोज । नवलपरासी (बर्दघाट सुस्ता पूर्व), बिनयी त्रिवेणी गाउँपालिका-४ पिधरीस्थित होङ्सी-दुम्किबास भित्री सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौँ, १८ असोज । रुपन्देहीको तिलोत्तमा नगरपालिकाबाट १० वर्षीया बालिकालाई अपहरण गरी जंगलमा लुकाएर राखेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको

काठमाडौँ, १८ असोज । सिरहाको लहानबाट सशस्त्र प्रहरीले १२ किलो लागुऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार पक्राउ