परिसूचक नेप्से २२.५९ अङ्कले बढ्यो

काठमाडौँ, २३ असोज । शेयर बजार परिसूचक नेप्से आज २२ दशमलव ५९ अङ्कले बढेर २ हजार ५ सय ८२ दशमलव १८ विन्दुमा पुगेकाे छ ।

शेयर बजार हिजाे र अस्ति गरी २ दिनमा १ सय ३ अङ्कले घटेकाे थियाे । आज नेप्से बजार खुलेकाे ३ मिनेटमै १ सय २ अङ्क अर्थात् ४ प्रतिशतले बढेर सकारात्मक सर्किट ब्रेक लागेपछि २० मिनेटका लागि काराेबार राेकिएकाे थियाे । 

हिजो राष्ट्र बैंकले शेयर धितो कर्जामा २५ करोड रुपैयाँको सीमा खारेज गर्ने निर्णय गरेसँगै आज बजार खुल्नेबित्तिकै लगानीकर्ताहरूमा उत्साह देखिएकाे थियाे । तर सर्किट ब्रेकपछि बजार खुल्दा नेप्सेकाे वृद्धि २२ अङ्कमा खुम्चिन पुग्याे ।

आज व्यापार बाहेक सबै समूहकाे शेयर बढेकाे छ । आज २ सय वटा कम्पनीकाे शेयर बढेकाे छ भने ४१ वटाकाे घटेकाे छ । यस्तै १० वटा कम्पनीकाे शेयर घटबढ भएन । आज विन्ध्यवासिनी हाइड्राेपावर डेभलपमेन्ट कम्पनीकाे शेयर सबैभन्दा धेरै ८ दशमलव २१ प्रतिशतले बढेकाे छ । समग्रमा बजार बढेकाे दिन थ्री स्टार हाइड्राेपावर कम्पनीकाे शेयर भने ९ प्रतिशतले घटेकाे छ ।

आज नेप्से बढे पनि काराेबार रकम भने घटेकाे छ । हिजाे ५ अर्ब ७६ करोडकाे काराेबार भएकाेमा आज ३ सय १३ वटा कम्पनीका १ कराेड १८ लाख कित्ता शेयर ५ अर्ब २७ कराेड रुपैयाँमा किनबेच भएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ कार्तिक । नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टी सभ्य, शिष्ट र सुसंस्कृत होस् भन्ने चाहेको बताएका छन् ।

काठमाडौँ, २२ कार्तिक । मधेसका मुख्यमन्त्री जितेन्द्र सोनलले आज विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री सोनलले नेपालको संविधानको धारा

काठमाडौँ, २२ कार्तिक । नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमको निधन भएको छ कांग्रेसका निवर्तमान सांसद देवप्रसाद तिमल्सिनाका अनुसार कार्तिक

काठमाडौँ, २१ कार्तिक । नेपाल उद्योग वाणिज्य महासंघले शनिबार काठमाडौंमा “राष्ट्रिय बृहत आर्थिक बहस २.०” कार्यक्रमको आयोजना गर्ने भएको छ ।