मलेशियासँगको महिला टी–२० शृङ्खला नेपालले जित्यो

काठमाडौँ, २२ असोज । मलेशियासँगको महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला नेपालले जितेको छ ।

आज भएको पाँचौ तथा अन्तिम निर्णायक खेलमा नेपालले घरेलु टोली मलेशियालाई पाँच विकेटले हराएको हो । नेपालले शृङ्खला ३–२ ले जितेको हो ।

मलेशियाले जितका लागि दिएको एक सय चार रनको लक्ष्य नेपालले १८औं ओभरमा पाँच विकेट गुमाएर पूरा गर्‍याे । रुवी पोद्दारले २६ र पुजा महतोले २३ रन बनाइन् । मलेशियाका नुर आल्या बत्रिसिया बिन्ती नोर्मिजान, माहिरा इज्जती र ऐना हामिजाह हाशिमले समान एक विकेट लिइन ।

त्यसअघि क्वालालम्पुरमा टस जितेर ब्याटिङ गरेको मलेशियाले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय तीन रन बनाएको थियो । मलेशियाका लागि विनिफ्रेड एनी दुराईसिंगमले ४०, माहिरा इज्जतीले १९ र ऐना हामिजाह हाशिमले १५ रन बनाइन् ।

नेपालकी राजमती ऐरीले र कविता कुँवरले समान तीन तथा रचनाकुमारी चौधरीले एक विकेट लिइन् । शृङ्खलाको पहिलो खेलमा नेपाल तीन रनले पराजित भएको थियो भने दोस्रो खेलमा छ विकेटले विजयी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । पाँचथरमा आजदेखि रातको समयमा सवारीसाधनको आवागमनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय पाँचथरले सूचना प्रकाशन गर्दै

काठमाडौँ, ८ असोज । बजारमा अम्बाको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आज अम्बाको

काठमाडौँ, ८ असोज । आधा किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक भारतीय नागरिक पक्राउ परेका छन् । प्रहरीका अनुसार कतारको दोहा

काठमाडौँ, ८ असोज । ललितपुर बागमती गाउँपालिका-३ काल्चेमाल्टामा पहिरो गएपछि कान्ति लोकपथ पूर्णरूपमा बन्द भएको छ । काल्चे माल्टा दोबाटोमा पहिरो