महिला टी–२० शृङ्खलामा नेपालले मलेशियालाई ६ विकेटले हरायो

काठमाडौँ, २१ असोज । महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको चौथो खेलमा नेपालले मलेशियालाई ६ विकेटले हराएको छ ।

मलेशियाले दिएको एक सय १२ रनको लक्ष्य पछ्याएको नेपालले चार विकेट गुमाएर भेट्यो । नेपालका इन्दु वर्माले अविजित ४८ र रुविना क्षेत्रीले अविजित २३ रन बनाए ।

मलेशियाका आनिया हमिजाह, नुर दानिया र महिराले समान एक विकेट लिए । त्यसअघि क्वालालम्पुरमा टस जितेर ब्याटिङ गरेको मलेशियाले पाँच विकेट गुमाएर एक सय ११ रन बनायो । मलेशियाकी मस एलिसाले ५६ रन बनाइन् । नेपालका कविता कुँवरले तीन, पुजा मल्ल र कविता जोशीले समान एक विकेट लिए ।

यो जीतसँगै पाँच खेलको शृङ्खला २–२ को बराबरी भएको छ । शृङ्खलाको पहिलो खेलमा नेपाल तीन रनले पराजित भएको थियो भने दोस्रो खेलमा ६ विकेटले विजयी भएको थियो । यस्तै तेश्रो खेलमा नेपाल मलेशियासँग १३ रनले हारेको थियो । शृङ्खलाको पाँचौं तथा अन्तिम खेल भोलि हुनेछ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ असोज । नेपालका लागि गणतन्त्र कोरियाका नवनियुक्त राजदूत पार्क जेख्यङले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेट गरेका छन् । 

काठमाडौँ, २८ असोज । नेपाल टेलिकमका ग्राहकले अब कम्पनीको सिमकार्ड हुलाक सेवामार्फत घरमै प्राप्त गर्न सक्ने भएका छन् ।  आजदेखि नेपाल

काठमाडौँ, २८ असोज । नेपालका लागि गैरआवासीय राजदूतका रूपमा कार्यरत इन्डोनेसियाकी राजदूत लिस्टियोवातीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेकी छिन्

काठमाडौँ, २८ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो स्थायी केन्द्रीय कार्यालय निर्माणका लागि घर तथा जग्गा खरिदका लागि