दीपकराज गिरीद्वारा २०८३ को दसैँमा फिल्म ल्याउने घोषणा

काठमाडौँ, २१ असोज । कलाकार तथा निर्माता दीपकराज गिरीले आफ्नो नयाँ फिल्म २०८३ सालको दसैँमा ल्याउने घोषणा गरेका छन् ।

सामाजिक सञ्जालमार्फत उनले सो जानकारी दिएका हुन् । ‘छक्कापञ्जा कमेडी टुर’का लागि अहिले उनी अमेरिका रहेका छन् ।

उनले भनेका छन्,  ‘देशको राजनीतिक अवस्था साथै प्राकृतिक प्रकोपका बिच दसैँमा सोचे जस्तो पक्कै भएन होला ! हामीले पनि यो साल चलचित्र ल्याउन सकेनौ’, ‘तैपनि दसैँमा प्रदर्शन भएका नेपाली चलचित्रहरूलाई दिनु भएको मायाका लागि धेरै धेरै धन्यवाद । अर्को साल दसैँमा भेटौला ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ असोज । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१९ इनर्वाशिरामा ५ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीका

काठमाडौँ, २ असोज । नेपाल प्रहरीले जनपद प्रहरी समूहतर्फ भर्ना खुलाएको छ । प्रहरी सहायक निरीक्षक (असई) र प्रहरी कार्यालय

काठमाडौँ, २ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, २ असोज । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा भने