दीपकराज गिरीद्वारा २०८३ को दसैँमा फिल्म ल्याउने घोषणा

काठमाडौँ, २१ असोज । कलाकार तथा निर्माता दीपकराज गिरीले आफ्नो नयाँ फिल्म २०८३ सालको दसैँमा ल्याउने घोषणा गरेका छन् ।

सामाजिक सञ्जालमार्फत उनले सो जानकारी दिएका हुन् । ‘छक्कापञ्जा कमेडी टुर’का लागि अहिले उनी अमेरिका रहेका छन् ।

उनले भनेका छन्,  ‘देशको राजनीतिक अवस्था साथै प्राकृतिक प्रकोपका बिच दसैँमा सोचे जस्तो पक्कै भएन होला ! हामीले पनि यो साल चलचित्र ल्याउन सकेनौ’, ‘तैपनि दसैँमा प्रदर्शन भएका नेपाली चलचित्रहरूलाई दिनु भएको मायाका लागि धेरै धेरै धन्यवाद । अर्को साल दसैँमा भेटौला ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ असोज । चितवनमा ट्याक्टर र जीप ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते छन् । प्रहरीका

काठमाडौँ, १९ असोज । सर्लाहीको कबिलासी नगरपालिका–३ मदनपुरमा मोटरसाइकल दुर्घटनामा परेका एक युवकको साथबाट प्रहरीले सिक्सर पेस्तोल बरामद गरेको छ ।

काठमाडौँ, १९ असोज । कालीमाटी तरकारी बजारमा भित्रिएको काँक्रोमा अत्यधिक मात्रामा विषादी भेटिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास

काठमाडौँ, १९ असोज । इन्टरनेट सेवा प्रदायकहरूले आजदेखि सस्तो र कम स्पीडका प्याकेज बन्द गरेको छ । इन्टरनेट सर्भिस प्रोभाइडर