विधिको शासनमा देश चलाउन प्रधानमन्त्रीलाई ज्ञानेन्द्र शाहीको अपिल

काठमाडौँ, २१ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र शाहीले प्रधानमन्त्रीलाई देश विधिको शासन अनुसार सञ्चालन गर्नका लागि अपिल गरेका छन्।

उनले सरकारलाई विधि, नीति र प्रक्रियालाई मुख्य आधार बनाएर शासन गर्न आग्रह गर्दै देश कुनै व्यक्ति वा समूहको नभई सबै नेपालीको साझा भएको यथार्थ मनन गर्न ध्यानाकर्षण गराएका हुन्।

सांसद शाहीले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीलाई सम्बोधन गर्दै भनेका छन्, “सम्माननीय प्रधानमन्त्रीज्यू देश विधिको शासनमा चलाउनुहोस । आन्दोलनको म्यान्डेटलाई नबिर्सिनुहोस शहीद,र घाइते एवं पीडित लाई न्याय दिनुहोस् यो देश कुनै एउटा समूह कुनै एउटा व्यक्तिको होइन यो सबैको साझा मुलुक हो। त्यसैले बिदेशी राजदूतावास केन्द्रित भएर कसैको दबाबमा परेर सरकार चलाउने होइन। विधिको शासन र न्यायिक प्रक्रिया मिलाएर सरकार चलाउने हो।“

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २५ भदौ । कैलालीमा एक पुरुषको डुबेर मृत्यु भएको छ । भजनी नगरपालिका–८ गोठचौर बस्ने ६६ वर्षीय राम प्रसाद

काठमाडौँ, २५ भदौ । सिरहामा लागुऔषध ब्राउन सुगर सहित ४ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार लागुऔषध

काठमाडौँ, २५ भदौ । सङ्खुवासभाको पाँचखपन नगरपालिका–८ पोख्राङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका

काठमाडौँ, २५ भदौ । भोटेकोशी बाढीमा परी मृत्यु भएका नेपाली तथा विदेशी नागरिकका शवको पहिचानका लागि नेपाल प्रहरीले ‘डीएनए’ नमुना