विधिको शासनमा देश चलाउन प्रधानमन्त्रीलाई ज्ञानेन्द्र शाहीको अपिल

काठमाडौँ, २१ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र शाहीले प्रधानमन्त्रीलाई देश विधिको शासन अनुसार सञ्चालन गर्नका लागि अपिल गरेका छन्।

उनले सरकारलाई विधि, नीति र प्रक्रियालाई मुख्य आधार बनाएर शासन गर्न आग्रह गर्दै देश कुनै व्यक्ति वा समूहको नभई सबै नेपालीको साझा भएको यथार्थ मनन गर्न ध्यानाकर्षण गराएका हुन्।

सांसद शाहीले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीलाई सम्बोधन गर्दै भनेका छन्, “सम्माननीय प्रधानमन्त्रीज्यू देश विधिको शासनमा चलाउनुहोस । आन्दोलनको म्यान्डेटलाई नबिर्सिनुहोस शहीद,र घाइते एवं पीडित लाई न्याय दिनुहोस् यो देश कुनै एउटा समूह कुनै एउटा व्यक्तिको होइन यो सबैको साझा मुलुक हो। त्यसैले बिदेशी राजदूतावास केन्द्रित भएर कसैको दबाबमा परेर सरकार चलाउने होइन। विधिको शासन र न्यायिक प्रक्रिया मिलाएर सरकार चलाउने हो।“

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ कार्तिक । नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टी सभ्य, शिष्ट र सुसंस्कृत होस् भन्ने चाहेको बताएका छन् ।

काठमाडौँ, २२ कार्तिक । मधेसका मुख्यमन्त्री जितेन्द्र सोनलले आज विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री सोनलले नेपालको संविधानको धारा

काठमाडौँ, २२ कार्तिक । नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमको निधन भएको छ कांग्रेसका निवर्तमान सांसद देवप्रसाद तिमल्सिनाका अनुसार कार्तिक

काठमाडौँ, २१ कार्तिक । नेपाल उद्योग वाणिज्य महासंघले शनिबार काठमाडौंमा “राष्ट्रिय बृहत आर्थिक बहस २.०” कार्यक्रमको आयोजना गर्ने भएको छ ।