युद्धविरामका लागि इजरायल र हमासका प्रतिनिधिसहितको वार्ता इजिप्टमा शुरू

एजेन्सी, २१ असोज । गाजामा युद्ध अन्त्य गर्ने अमेरिकी शान्ति योजनामा अन्तिम सम्झौतामा पुग्ने उद्देश्यले इजिप्टमा वार्ता शुरू भएको छ ।

अप्रत्यक्ष रुपमा भएको वार्तामा हमास, इजरायल र अमेरिकाका प्रतिनिधिहरू छन् । इजरायली जेलमा राखिएका प्यालेस्टिनीहरूको बदलामा गाजामा लडाइँ अन्त्य गर्ने र बन्दीहरूलाई रिहा गर्ने ट्रम्पको प्रस्तावमा हमास र इजरायल दुवैले सकारात्मक प्रतिक्रिया दिएका अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

वार्ताबाट आउँदो छलफलका विषयहरू टुङ्गो लगाउने आशा गरिएको छ । सन् २०२३ अक्टोबर ७ मा इजरायलमाथि हमासले आक्रमण गरेको थियो भने यसको ठीक दुई वर्षपछि युद्धविराम वार्ताका लागि मिति तय गरिएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको योजनामा हमासको निशस्त्रीकरणको परिकल्पना गरिएको भए पनि लडाकू समूहले यसलाई स्वीकार गर्ने सम्भावना कम देखिएको छ तर अरु बुँदाहरूमा युद्धरत दुवै पक्ष सकारात्मक देखिएका छन् ।

प्रस्तावमा गाजा पट्टीबाट इजरायली सेनालाई पूर्ण रूपमा फिर्ता गर्ने पनि उल्लेख छ, तर इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले बन्धकहरूको रिहाइलाई सुरक्षित गर्दै ‘भित्र’ सेनाहरू पुनः तैनाथ गर्ने बताउनुभएको छ । इस्लामिक समूहले रिहाइका लागि प्रस्ताव गरेका प्यालेस्टिनी कैदीहरूको नामलाई लिएर यसअघिका चरणको वार्ता पनि रोकिएको थियो । वार्ताले ‘अस्थायी युद्धविरामको मिति निर्धारण गर्ने’ प्रयास गर्ने हमासका अधिकारीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २३ असोज । मुगुबाट नेपालगञ्ज जाँदै गरेको गाडीमा एक युवक मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय जुम्लाका

काठमाडौँ, २३ असोज । आज विश्वका विभिन्न राष्ट्रमा विश्व हुलाक दिवस मनाइँदै छ । ‘स्थानीय सेवा, विश्वव्यापी पहुँच’ नाराका साथ

काठमाडौँ, २३ असोज । नेपाल राष्ट्र बैंकले आज बिहीबारको लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।  Exchange Rate for October

काठमाडौँ, २३ असोज । सुदूरपश्चिम, कर्णाली प्रदेशलगायत लुम्बिनी प्रदेशको पश्चिमी भूभागको धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भूभागको थोरै स्थानहरूमा