गाजा युद्ध अन्त्य गर्न द्रुत गतिमा अघि बढ्न ट्रम्पको आग्रह

एजेन्सी, २० असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजा युद्ध अन्त्य गर्ने प्रयासमा संलग्न सबैलाई छिटो अघि बढ्न आग्रह गरेका छन् ।

हमास र इजरायलबीच अप्रत्यक्ष शान्ति वार्ताका निम्ति मध्यस्थकर्ता आज इजिप्टमा भेट्ने कार्यक्रम छ । हमासले २० बुँदे अमेरिकी शान्ति योजनाका केही भागमा सहमति जनाएको समयमा यो वार्ता हुँदै छ ।

उक्त योजनामा बन्धक मुक्त गर्ने र गाजाको शासन प्यालेस्टाइनी प्राविधिकलाई हस्तान्तरण गर्ने विषय समावेश छ । तर, हमासले अरू मुद्दामा वार्ता गर्न खोजिरहेको छ ।

वार्ता धेरै सफल भएको भन्दै सामाजिक सञ्जालमा ट्रम्पले लेखेका छन्, “पहिलो चरण यो हप्ताभित्र पूरा हुनुपर्छ र म सबैलाई छिटो अघि बढ्न आग्रह गर्दछु ।”

अमेरिकी राष्ट्रपतिले समयको महत्त्व रहेको भन्दै नत्र ठूलो रक्तपात हुने बताए । पत्रकारसँग यसअघि ट्रम्पले बन्धक धेरै चाँडै मुक्त गर्न सुरु गरिनेछ भन्ने आफूलाई लागेको बताएका थिए ।

आफ्नो शान्ति योजनामा लचकताबारे सोधिएको प्रश्नमा ट्रम्पले भने, “हामीलाई लचकता चाहिँदैन, किनभने सबैले यसमा लगभग सहमति जनाइसकेका छन् । तर, सधैँ केही परिवर्तन हुनेछन् ।”

उनले थपे, “यो इजरायलका निम्ति ठूलो सम्झौता हो । यो सम्पूर्ण अरबजगत्, मुस्लिमजगत् र संसारका निम्ति ठूलो सम्झौता हो । त्यसैले हामी यसबाट धेरै खुसी छौँ ।” बीबीसीबाट ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, ७ कार्तिक । रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । माधव नारायण नगरपालिका–६ माधोपुरस्थित सडकमा मानपुरबाट माधोपुरतर्फ

उदयपुर, ७ कार्तिक । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुली

काठमाडौँ, ७ कार्तिक । देशका विभिन्न जिल्लामा चार जना मृतावस्थामा फेला परेका छन् । प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार मोरङको पथरी

काठमाडौँ, ७ कार्तिक । देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीको केन्द्रीय समाचार