नेपाली क्रिकेट टोलीले आज कतारसँग अभ्यास खेल खेल्दै

काठमाडौँ, २० असोज । आईसीसी टी-२० विश्वकपको छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज कतारसँग प्रतिस्पर्धा गर्दैछ ।

विश्वकप छनोट अघि अभ्यास खेलमा व्यस्त नेपालले आज कतारसँग प्रतिस्पर्धा गर्न लागेको हो। नेपाल र कतारको अभ्यास खेल आज दिउँसो ४:१५ बजे सुरु हुनेछ । विश्वकपको छनोट अघि नेपाल क्रिकेट संघ (क्यान)ले दुई वटा अभ्यास खेलमा सहभागी गराएको हो ।

यसअघि शनिबार भएको ओमानविरुद्धको वार्मअप म्याचमा नेपाल ६ विकेटले विजयी भएको थियो । शनिबारको पहिलो वार्मअप म्याचमा ओमानले प्रस्तुत गरेको १ सय ११ रनको लक्ष्य नेपालले १७ ओभरको समाप्तिमा चार विकेटको क्षतिमा पूरा गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ कार्तिक । नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टी सभ्य, शिष्ट र सुसंस्कृत होस् भन्ने चाहेको बताएका छन् ।

काठमाडौँ, २२ कार्तिक । मधेसका मुख्यमन्त्री जितेन्द्र सोनलले आज विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री सोनलले नेपालको संविधानको धारा

काठमाडौँ, २२ कार्तिक । नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमको निधन भएको छ कांग्रेसका निवर्तमान सांसद देवप्रसाद तिमल्सिनाका अनुसार कार्तिक

काठमाडौँ, २१ कार्तिक । नेपाल उद्योग वाणिज्य महासंघले शनिबार काठमाडौंमा “राष्ट्रिय बृहत आर्थिक बहस २.०” कार्यक्रमको आयोजना गर्ने भएको छ ।